आगो लगाएर ३२ सर्वसाधारणको हत्या, गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ
एजेन्सी
मडागास्कर, १६ साउन
घरमा आगो लगाएर कम्तिमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो ।
राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए । रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईवस्तु तस्करीलाई दोष ।
गाईवस्तु चोरी र यसलाई रोक्नको लागि भएका प्रयासले पछिल्ला वर्षहरूमा अत्यन्त हिंसक टकरावहरू निम्त्याएको छ । अन्काजोबे जिल्लाको एउटा सानो पहाडमा अवस्थित एम्बोलोताराकेली गाउँमा घर जलेपछिको पर्खाल मात्र देख्न सकिन्छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस