पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको नमूना परीक्षण गरिएको थियो ।
३ हजार ९१ जनाको पीसीआर र २ हजार ९ सय ११ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार १ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस