के डिप्रेसनमा छिन् सामन्था ?
काठमाडौं, २० साउन
साउथ फिल्म स्टार सामन्था रुथ प्रभु मिडिया छाइरहने अभिनेत्रीमा पर्छिन् । कहिले विवाद र कहिले चर्चाले उनलाई मिडियाले कहिल्यै छोड्दैन । ‘द फेमिली मेन’ र ‘पुष्पा’को गीत ‘ऊ अटावा’को सफलतापछि उनको फ्यान फलोइङ ह्वात्तै बढेको छ ।
पेन इण्डियाको प्रोजेक्टमा अनुबन्धित भएपछि उनी प्रायः मुम्बई र हैदराबादको यात्रा गरिरहन्छिन् । हालैमात्र उनी मुम्बई एयरपोर्टमा भेटिइन् । जसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको तस्बिर हेर्दा अधिकांशले उनलाई डिप्रेसन भएको अनुमान लगाएका छन् ।
एयरपोर्टमा उनी निकै सामान्य लुक्समा देखिएकी थिइन् । उनको हातमा एक पुस्तक पनि थियो । जुन पुस्तकमा लेखिएको क्याप्सनमा इन्टरनेट प्रयोगकर्ताको आँखा पुगेको थियो । पुस्तकको नाम ‘यू क्यान हील योर लाइफ’ लेखिएको थियो ।
सामन्थाको हातमा यो पुस्तक देखेपछि अधिकांशले डिप्रेसनको आँकलन गरेका छन् । कतिपयले नागासँगको सम्बन्धविच्छेदपछि त्यसको ह्याङओभर अझै रहेको उल्लेख गरेका छन् । नागा र सामन्थाले गत वर्षको अक्टोबरमा सम्बन्धविच्छेद गरेका थिए ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस