हङकङबाट बेलायतका लागि उडेका यात्रुको विमानभित्रै मृत्यु
हङकङ, २५ साउन
हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ । गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन् ।
तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट ५मा संसारबाटै बिदा लिइन् । ‘उडानको बाँकी ८ घण्टा हेलेन चीर निन्द्रामा रहिन । उक्त क्षण परिवारको लागि अत्यन्तै पीडादायी भए पनि तिनीहरू सबैले उनलाई के भन्न आवश्यक छ भन्ने समय पाएका थिए’, गो फन्ड मी पृष्ठमा लेखिएको छ ।
‘यो हानि अकल्पनीय छ । हेलेन एक समर्पित पत्नी र आमा थिइन् । उहाँ आफ्नो परिवारलाई एकसाथ राख्ने व्यक्ति हुनुहुन्थ्यो’ अगाडि भनिएको छ । उनका छोराछोरीहरू विमान अवतरण नहुन्जेल बाँकी समय आफ्नी आमाको छेउमा बसेका थिए, जुन परिवारका लागि निकै पीडादायी क्षण थियो ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस