• जीवनशैली | Jiwanshaili
  • पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु


    एजेन्सी
    मोन्टेनेग्रो, २८ साउन

    मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।

    एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।


    क्याटेगोरी : डायाेस्परा

    प्रतिक्रिया दिनुहोस


    थप समाचार