करेन्ट लागेर दुई जनाको मृत्यु
रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु घर भएका २२ वर्षीय प्रदिप भट्टराई रहेका छन् । उनको शनिबार करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर अशक्त भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट, समाचार, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस