जापानमा कोभिडका कारण एक दिनमा ३४३ जनाको मृत्यु
टोकियो, ७ भदौ
जापानमा कोभिडका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहँ दैनिक औषतमा ३०० जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकै दिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २ लाखभन्दा बढी संक्रमित भएका छन् । जापानमा दैनिक कोभिड संक्रमितको संख्या ३ लाखसम्म पुगेको थियो ।
संक्रमितको संख्या बढेसँगै सरकारले गतिविधिमा कडाइ गरेको छ । अनिवार्य मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, डायाेस्परा, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस