सोफिया भुजेल जितिन् मिस यूनिभर्स नेपाल-२०२२’ को उपाधि
‘मिस यूनिभर्स नेपाल-२०२२’ को उपाधि सोफिया भुजेलले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि जितेकी हुन् ।
यस्तै, बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए ।
सोफियालाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् । विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहारका साथै हिराजडित ताज प्राप्त गरिन् ।
काठमाडौंको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।
मिस यूनिभर्स नेपालको विजेताले अब मिस युनिभर्समा सहभागीको अवसर पाउने छिन ।
क्याटेगोरी : मनाेरञ्जन शैली, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस