फेसन प्रेमी बलिउडका यी अभिनेता
एजेन्सी
मुम्बई, १८ भदौ
जब हामी फेसनको कुरा गर्छौ, बलिउडका केही अभिनेताहरुको फेसनलाई सम्झन्छौं । उनीहरु अभिनयसँगै फेसनमा पनि उत्तिकै लोकप्रिय छन् । यहाँ ती अभिनेताहरुको फेसनबारे चर्चा गरिएको छ ।
रणवीर सिंह
अभिनेता रणवीरको साटरेरियल फेसन अर्थात कपडा पहिरिने तरिकाको विकल्पलाई नजरअन्दाज गर्न सक्नुहुन्न । डिस्कोदेखि लिएर रेट्रोसम्म, सितारादेखि लिएर पप, सीन्स र छालाका पहिरनसम्म रणवीर सबै किसिमका फेसनेबल कपडा लगाउँछन् । भलै उनको पहिरन कतिपयलाई मन परोस् या नपरोस् उनी पहिरनमा जोखिम लिन डराउँदैनन् ।
करण जोहार
निर्माता निर्देशक करण जोहार पनि फेसनका मामिलामा पछाडि छैनन् । उनको एक अलग शैली छ, जुन चर्चामा आइरहन्छ । धर्मा निर्मातालाई मानिसहरु उनको पहिरनका कारण चिन्दछन् । किनकी उनी ब्राण्डेड र बिलासी पहिरन रुचाउँछन् ।
अक्षय कुमार
अक्षय कुमार अहिले पनि फेसनका मास्टर हुन् । सार्प सुटदेखि लिएर फाटेका डेनिम्स र ट्रयाक सुटसम्म । उनको सुन्दरता अर्को व्यक्तिका लागि जल बन्दछ ।
सैफ अली खान
फेसनको मामलामा पटौदी खानका उज्यालो र बलिउड अभिनो सैफ अली खान कसरी पछाडि पर्न सक्छन् । पारम्परिक पोसाक होस् या कुनै स्टाइल पहिरन होस् या उनलाई मनपर्ने कुर्ता शेरवानी नै किन नहोस् । उनी आफ्नो लुक्सले सबैलाई मोहित बनाउँछन् ।
अर्जुन कपुर
अर्जुन कपुर केही फ्युचरिस्टिक फेसन शैलीका लागि चर्चित छन् । उनी यो फेसनका लागि बाई नेक्स्ट डोर लुक्सलाई छोडिरहेका छन् ।
सिद्धान्त चतुवेर्दी
बलिउडको नयाँ ‘ब्याड ब्वाई’ सिद्धान्त चतुवेर्दी एथलेटिक्स पहिरनका लागि चर्चित छन् । जगर्स, क्याजुअल डेनिम र लेदर ज्याकटका पहिरनलाई उनले पुनर्जीवन दिइरहेका छन् ।
विक्की कौशल
विक्की कौशल विस्तारै फेसनको सिढीमा चढ्न आफूलाई तयारीमा अवस्थामा राखेका छन् । उनको अफ स्क्रिन क्याजुअल शैली र अन स्क्रिन औपचारिक विल्प सही चलिरहेको छ ।
क्याटेगोरी : कला शैली, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस