हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु
दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो ।
‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन् । दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन ।
अगस्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमान्डरसहित ६ जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस