डुंगा दुर्घटनामा कम्तीमा ७६ जनाको मृत्यु
कानो, २४ असोज
नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए ।
राष्ट्रपति मुहम्मदु बुहारीले उक्त दुःखद दुर्घटनाका पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले देशको जल यातायात प्रणालीमा सुरक्षा उपायहरूको समीक्षा गर्न पनि आदेश दिएका छन् ।
बुहारीले सरकारी निकायलाई डुंगाहरूमा सुरक्षा प्रोटोकलहरू जाँच गर्न र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न आह्वान गरे ।
स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा पल्टनुअघि ओग्बाकुबाको न्क्वो बजारतर्फ बढिरहेको थियो । डुंगाको इन्जिन फेल भएको थियो र पल्टिनु अघि एउटा पुलमा ठोक्किएको बताइएको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस