नाइजेरियाको बाढीमा कम्तीमा ५०० जनाको मृत्यु
फाइल तस्बिर
नाइजेरियामा एक दशकमा आएको सबैभन्दा खराब बाढीमा परेर करिब ५०० जनाको मृत्यु भएको छ । वर्षा मौसममा आएको बाढीपहिरोमा अन्य १४ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
प्रचुर वर्षा र कमजोर पूर्वाधारको कारणले गर्दा आएको बाढीले अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश स्पार्किनको ठूलो भागलाई असर गरेको छ । जारी संकटले खाद्य असुरक्षा र मुद्रास्फीतिलाई अझ खराब बनाउने अनुमान गरिएको छ ।
नाइजेरियाको मानवीय मामिला मन्त्रालयले भनेको छ, ‘वर्षापछिको बाढीपहिरोका कारण १४ लाख मानिस विस्थापित भएका छन भने करिब ५०० व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ । बाढी पहिरोमा . र १,५४६ व्यक्ति घाइते भएका छन ।’
राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका प्रवक्ता मान्जो इजेकिएलको भनाइ उदृत गर्दै एएफपीले उक्त जानकारी दिएको हो ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस