• जीवनशैली | Jiwanshaili
  • नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


    बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।

    नेपालगन्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस