साउथ अभिनेता पवन कल्याणविरुद्ध नोटिस जारी
विशाखापट्टनम प्रहरीले साउथ अभिनेता तथा जनसेना नेता पवन कल्याणविरुद्ध आइतबार नोटिस जारी गरेको छ । प्रहरीले पवनले स्थानीय विमानस्थलमा मन्त्री, नागरिक र प्रहरी अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ ।
प्रहरीका अनुसार यो हमलामा केही व्यक्ति घाइते पनि भएका थिए । यद्यपि प्रहरी कति संख्यामा घाइते भए भन्ने कुरा प्रहरीले खुलाएको छैन । पवनले कुन जनप्रतिनिधि र प्रहरी अधिकारीमाथि आक्रमण गरे भन्ने कुराको पनि जानकारी दिएको छैन ।
यो मामिलामा मुख्यमन्त्री जगन मोहन रेड्डीको निर्देशनमा प्रहरीले पवनलाई उनको होटल बाहिर निस्कन र जनवाणी कार्यक्रम गर्न रोक लगाएको छ । पवनले यो कार्यक्रम नागरिकको गुनासो सुन्नलाई आयोजना गरेका थिए । प्रहरीले जनसेनाका नेता तथा कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।
पवनले भने एक ट्विट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गर्नु अनुचित रहेको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् ।
क्याटेगोरी : कला शैली, डायाेस्परा
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस