बैतडी सुर्नयाकी १७ वर्षीया बालिका ४० दिनदेखि बेपत्ता
Exif_JPEG_420
बैतडीको सुर्नया गाउँपालिका-४ की १७ वर्षीया सिर्जना लोहार ४० दिनदेखी बेपत्ता भएकी छन् । गत २३ भदौमा गौरा पर्वबाट हराएकी लोहार अझै फेला नपरेको उनका बुवा बिरा लोहारले बताए ।
छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरे पनि अझै पत्ता नलागेको उनको गुनासो छ । रातिको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरे पनि नभेटिएको उनकी आमा जानकी लोहारले बताइन् ।
छोरी हराएकै मितिदेखि एकजना गाउँले युवकसमेत गाउँमा नभएकाले दुवैजना भागेको आशंका गरिएको छ । तर सिर्जनाका बाबु बिरा उनीहरूबीच प्रेम रहे नरहेको आफूलाई केही थाहा नभएको बताउँछन् । बालिका हराएको विषयमा प्रहरीमा जानकारी आएकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस