जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिए
एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ । उक्त विमान इस्तानबुलबाट जाकार्ताका लागि उडेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाको भिडियोमा एक व्यक्तिले प्लाष्टिक ह्यान्डकफ लगाएका परिचरलाई मुक्का प्रहार र औँला टोकिदिएका थिए ।
जाकार्तामा अवतरण गर्ने तालिका रहेको उक्त विमानलाई मलेसियाको क्वालालम्पुर डाइभर्ट गरेर कउलानामु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । एक्सप्रेसका अनुसार मादक पदार्थ सेवन गरेका ती यात्रुले परिचरको औंला टोकेका थिए । उनलाई उडान परिचारकहरूले आफूलाई शान्त पार्न चेतावनी दिएका थिए । तर, उनले बोर्डमा रहेका स्टाफका एक सदस्यको औंला टोकिदिएका थिए । यसैबीच, कर्मचारीको कार्य कुनै पनि हिसाबले कम्पनीको मूल्य प्रतिबिम्बित नगर्ने टर्किस एयरलाइन्सले जनाएको छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस