अमिताभलाई उचाइको कथा सुनाउन औषधिको सहारा

‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘हम साथ-साथ है’ र ‘प्रेम रतन धन पायो’ जस्ता फिल्म निर्माण गरेका सूरज बडजात्या मल्टीस्टारर फिल्म ‘उचाइ’ बाट निर्देशन क्षेत्रमा कमव्याक गर्दैछन् । यो फिल्म आगामी महिना नोभेम्बर ११ मा रिलिज हुँदैछ ।
निर्देशक सुरजका अनुसार फिल्ममा अमिताभलाई कास्ट गर्न निकै तनाव भएको थियो । अमिताभलाई स्क्रिप्ट बताइरहँदा उनी यति नर्भस भएकी उनले औषधि नै खानु परेको थियो ।
‘जब तपाईं अमिताभ बच्चनलाई कुनै फिल्मको स्क्रिप्ट सुनाउँदै हुनुहुन्छ भने उहाँ कुनै उत्सुकता बिना नै स्क्रिप्ट सुन्नुहुन्छ । उहाँको अगाडि बस्नु त्यति सजिलो छैन । मैले उहाँलाई सन्देश पठाएर जूम मिटिङमा समय मागेको थिएँ, उनले भनेका छन्, ‘जब म उचाइको स्क्रिप्ट सुनाउँन बसें, मैले त्यो बेला औषधि सेवन गरेको थिएँ । किनकी अमिताभको अगाडि बस्नु सजिलो छैन । मलाई सम्झना छ कि जब मैले उहाँलाई ‘मे प्रेम की दिवानी हुँ’ को स्क्रिप्ट सुनाएको थिएँ, उहाँले मसँग यस्तै गर्नुभयो ।’
फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन ईरानी, नीना गुप्ता, सारिका र डेनी डेन्जोङपाको अभिनय छ । नेपाल र कश्मीरमा छायांकन गरिएको फिल्ममा परिणीतिले टुरिस्ट गाइडको भूमिका निर्वाह गरेकी छन् ।
क्याटेगोरी : कला शैली, डायाेस्परा
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस