विश्व इतिहासमा आजः इन्दिरा गान्धीको हत्यादेखि
आज ३१ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः
७ अर्ब जनसंख्या
सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या सात अर्ब पुगेको थियो । राष्ट्रसंघको जनसंख्या कोषले सन् २०११ को १ नोभेम्बरलाई सात अर्बको जनसंख्या भएको दिनको रुपमा स्मरण गर्छ ।
इजिप्टको विमान दुर्घटना
सन् १९९९ मा आजकै दिन इज्पिट एयरको फ्लाईट ९९० दुर्घटनामा परेको थियो । अमेरिकाको पूर्वी तटमा भएको सो दुर्घटनामा विमानमा सवार सबै २१७ जनाको मृत्यु भएको थियो ।
क्याथोलिक चर्चको पश्चताप
सन् १९९२ मा क्याथोलिक चर्चका तत्कालिन धर्म गुरु पोप जोन पल द्धितीयले क्याथोलिक चर्चले गल्ती गरेको भन्दै पश्चताप व्यक्त गरेका थिए । १७ औं शताब्दीमा ग्यालिलियो ग्यालिलीलाई चर्चले गरेको व्यवहार खेदजनक भएको जोन पलले स्वीकारेका थिए ।
इन्दिरा गान्धीको हत्या
सन् १९८४ का भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो । गान्धीको हत्या आफ्नै अंगरक्षकले गरेका थिए । उनको हत्यापछि राजधानी लगायत भारतका विभिन्न स्थानमा भड्किएको हिंसामा हजारौं शिख मारिएका थिए ।
दक्षिण यमनमा संविधान लागू
सन् १९७८ मा दक्षिणी यमनले आफ्नो संविधान लागू गरेको थियो । सन् १९९० मा दक्षिण यमन उत्तर यमनसँग एकीकृत भई अहिलेको यमन बनेको हो ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस