पठानको सिक्वेल तयारी सुरु
एजेन्सी
मुम्बई, २३ असोज
अभिनेता शाहरुख खान भलै ‘लाल सिंह चड्डा’ र ‘ब्रह्मास्त्र’ जस्ता फिल्ममा केमियो भूमिकामा देखिइसकेका छन् । तर, उनका फ्यान अझै पनि प्रमुख भूमिकामा अभिनय रहेको फिल्मको व्यग्र प्रतिक्षामा छन् । शाहरुख सन् २०१८ पछि कुनै पनि फिल्ममा प्रमुख भूमिकामा देखिएका छैनन् । यद्यपि सन् २०२३ मा उनका तीन फिल्म रिलिज हुँदैछन् । जसमध्ये फिल्म ‘पठान’ जनवरीमा रिलिज हुँदैछ । तर, यो फिल्म रिलिज हुनुअघि नै यसका निर्माताले सिक्वेल बनाउने तयारी सुरु गरिसकेका छन् ।
फिल्मका निर्माता आदित्य चोपडा र उनको टिम यो एक्सन थ्रिलर फिल्मलाई सलमान खानको ‘टाइगर’ प्रेञ्चाइजीकै जस्तो गरी अगाडि लैजाने योजनामा छन् । त्यसकारण उनीहरु यसको सिक्वेल बनाउने औपचारिक निश्कर्षमा पुगिसकेका छन् । पहिलो फिल्मको तुलनामा सिक्वेलमा अझ नयाँ भूमिका जोडिनेछ । फिल्मको टिमले ‘पठान’ को सिक्वेल लेखनको काम सुरु गरिसकेका छन् । फिल्म ‘टाइगर’ को फ्रेञ्चाइजीजस्तै यो फिल्मको कथा पनि भारत बाहिर देश पु¥याउने योजना निर्माण पक्षको छ ।
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म ‘पठान’ मा शाहरुख एक स्पाईको भूमिकामा छन् । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ । यो फिल्म बाहेक सन् २०२३ मा शाहरुख अभिनित फिल्म ‘जवान’ र ‘डंकी’ पनि रिलिज हुँदैछ । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जिरो’मा देखिएका थिए ।
क्याटेगोरी : ताजा अपडेट, मनाेरञ्जन शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस