सेल्फी लिने बहानामा पत्नीलाई भिरबाट खसाल्ने पतिलाई जन्मकैद
टर्कीमा आफ्नी गर्भवती श्रीमतीसँग सेल्फी खिचेको केही समयपछि उनलाई भीरबाट खसालेका एक पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई उनका श्रीमान् हाकान आयसलले १ हजार फिट अग्लो भीरबाट धकेलिदिएका थिए । अदालतमा पेस गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसी जुटाउनको लागि सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका थिए ।
हाकान आयसलले उचाइदेखि डराएकी आफ्नी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मिटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका थिए । ती व्यक्तिले डरलाग्दो षड्यन्त्र गरेको र त्यसवापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको एक फैसलामा उल्लेख छ । उनको मृत्युपछि ती व्यक्तिले तुरुन्तै बीमा दाबी गरेको न्युयोर्क पोस्टले जनाएको छ ।
उनकी श्रीमतीको मृत्युपछि उनको पोलिसीको एक मात्र लाभार्थी आयसलले उनको तर्फबाट जीवन बीमाको लागि आवेदन दिएका थिए । तर, प्रहरीले सेमराको मृत्युबारे अनुसन्धान घोषणा गर्दा निवेदन खारेज गरेको थियो ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस