जवान देखिन प्लास्टिक सर्जरी गर्ने यी अभिनेता
आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्युटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।
आमिर खान
आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट त्यसै भनिएको होइन । उनी हरेक चिजमा आफ्नो पर्फेक्सन देखाउँछन् । बलिउडमा आफ्नो अभिनयको जादू देखाएका आमिर खान उमेरले भलै ५७ वर्षका भए, तर उनी अहिले पनि जवान देखिन्छन् । आमिरले अनुहारको दाग र डन्डीफोर हटाउन कस्मेटिक सर्जरी गराएका थिए ।
अक्षय कुमार
अक्षय कुमार बलिउडका फिट अभिनेतामा पर्दछन् । तर उमेर बढेसँगै उनको कपाल झर्न थालेको थियो । यसलाई रोक्न उनले हेयर ट्रान्सप्लान्टको सहारा लिए ।
रणवीर कपूर
रणवीर कपूर हालै एक छोरीको पिता बने । आलिया भट्टका पति रणवीरले आलियासँग विवाह गर्नुअघि हेयर ट्रान्सप्लान्ट गरेका थिए ।
सलमान खान
यो सूचीमा सलमान खानको नाममा पनि पर्छ । भलै सलमानले हालसम्म विवाह गरेका छैनन्, तर आफूलाई जवान र हेन्डसम देखाउन कुनै कसर बाँकी राखेका छैनन् । सलमानले हेयर ट्रान्सप्लान्टसँगै बोटक्स र चिक फिलर्स पनि गराएका छन् ।
शाहरुख खान
अभिनेता शाहरुख खानले हालै मात्र ५७औं जन्मदिन मनाए । उनी उमेरले बुढो भए पनि उनको अनुहारमा त्यो देखिएको छैन । शाहरुखले बोटक्स ट्रिटमेन्ट गराएका छन् । उनले जवान देखिनका लागि कैयौं इन्जेक्सन पनि लिएका छन् ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस