टिकट बिक्रीमा कान्तराको रेकर्ड
ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्सअफिसमा धमाला मच्चाइरहेको छ । फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ ।
पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलब ८० करोड रुपैंयाँको कमाई गरेको छ । फिल्मको विश्वव्यापी कमाई ३५३ करोड रुपैंयाँ बढी छ ।
फिल्ममा ऋषभकै लेखन र प्रमुख भूमिकामा अभिनय छ । ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको यो फिल्म १४ अक्टोबरमा हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज भएको थियो । सबै भाषामा ४१ दिनमा फिल्मले देशमा २ ७६ दशमलब ५६ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ । जबकि यसको ग्रस कमाई करिब ३२५ करोड रुपैंयाँ छ ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस