कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड
कन्नड स्टार ऋषभ शेट्टीको फिल्म ‘कन्तरा’ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । यो फिल्मले रिलिजको दुई महिनापछि पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
फिल्म सेप्टेम्बर ३० मा कन्नड भाषामा रिलिज भएको थियो । फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेरेपछि निर्माताले हिन्दी भर्सनमा पनि रिलिज गरेका थिए । १६ करोडको बजेटमा बनेको यो फिल्मले मंगलबारसम्म बक्सअफिसमा ४ सय करोड रुपैंयाँको आँकडा पार गरिसकेको छ । ४ सय करोड आँकडा पार गर्ने यो दोस्रो कन्नड फिल्म हो ।
फिल्मले यशको ब्लकबस्टर फिल्म ‘केजीएफ २’को रेकर्ड तोडेको छ । फिल्मले कर्नाटकमा हालसम्म १६८ करोड, तमिलनाडुमा १२ दशमलब ७० करोड, केरलामा १९ दशमलब २०, तेलंगानामा ६० करोड, नर्ड इण्डियामा ९६ करोड र ओभरसिजमा ४४ दशमलब ५० करोड रुपैंयाँ कलेक्सन गरेको छ ।
क्याटेगोरी : कला शैली, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस