चिसोले मुगुका पहिरो पीडितको बिचल्ली
सुर्खेत, २८ मंसिर
गत असोज २४ गतेसम्म परेको अविरल वर्षाले मुगु जिल्ला पहिरोको कारण ३३ गाउँ पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् ।
बाढी पहिरोका कारण विस्थापित भएपछि यतिबेला छायाँनाथ रारा नगरपालिकास्थित चार गाउँका स्थानीय जंगलमा त्रिपाल हालेर बसेका छन् । चिसो मौसम र त्रिपालभित्रको बसाईले नागरिकको जनजिवन कष्टपूर्ण बितेको छ ।
अविरल वर्षापछिको बाढी पहिरोले मुगुका झयारी, सिगाडि, घुइर, तल्लो सालिमका विभिन्न गाउँ बस्तिमा ठूलो जनधनको क्षति भएको थियो । बाढी प्रभावित क्षेत्रमा सरकारले राहत र पुनर्स्थापनामा जोड दिन नसक्दा यतिबेला मुगुका नागरिक बिचल्लीमा परेका छन् ।
दिनदिनै उकालोलाग्दो चिसोमा पालभित्रको बसाइले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसौ मौसम र पालभित्रको कष्टपूर्ण बसाइँले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्ने लगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय बेलधरा कुमाइले दिइन् ।
दिनदिनै उकालोलाग्दो चिसोमा पालभित्रको बसाइँले तल्लो सालीमका ६२ घरधुरीका नागरिकलाई सास्ती भएको छ । चिसौ मौसम र पालभित्रको कष्टपूर्ण बसाइँले नागरिक बिरामी हुन थालेका छन् । स्थानीयमा आँखा पाक्ने, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्या देखा पर्न थालेको जानकारी स्थानीय बेलधरा कुमाइले दिइन् ।
एक साता लामो झरीका कारण छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिकाका र मुगुमा कामारोग गाउँपालिकाका विभिन्न बस्तीहरूमा ठूलो क्षति पुगेको थियो । भौतिक संरचनादेखि बालीनालीसम्म सखाप भएको थियो ।
पहिरोको प्रभावले विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको विद्यार्थीहरू बताउँछन् । पहिरोमा परेर सालिमा गाउँमा आठ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । ७ सय ४३ घर पूर्णरूपमा भत्किँदा अहिले पाँच हजारभन्दा बढी मानिस घरबारविहीन भएका छ्न् ।
बाढी÷पहिरोपछि कर्णालीका तीन जिल्लालाई संकटक्षेत्र घोषणा त गरिएको छ तर, संकटक्षेत्रमा राहत र उद्धारको कुनै पनि हुन सकेको छैन । सोही कारणले नागरिक विचल्लीमा पर्दै आएका छन् ।
क्याटेगोरी : मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस