बाजुरामा भुवा पर्व मनाइँदै
बाजुरा, बझाङ र अछाम लगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औंसीको अघिल्लो दिनदेखि सुरू भएको हो ।पाण्डव र कौरवबीचको लडाई सकिएपछि पाण्डवको विजयसँगै खुशीयाली मनाएको दिनलाई स्मरण गर्दै बाजुराका विभिन्न स्थानमा भुवा खेल्ने चलन समेत रहेकाे छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको संघर्ष, जङ्गलमा बास बसेको समय र विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन रहेकाे छ ।
वनवास बस्दा पाण्डवका भाइहरू पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने गरिन्छ ।
पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् । स्थानीय सरकार आफैं समेत साेही पर्वलाई जोगाउन लागि परेकाे छ । भुवा पर्वमा रातभरी आगो बालेर देउडा, भारीखेल र भस्सो लगायत खेल छुट्टाछुट्टै खेल्ने चलन रहेकाे छ । यो पर्व ३ देखि ५ दिनसम्म मनाइन्छ ।
कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन समेत रहेकाे छ । यो पर्वमा घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैटी माग्ने चलन छ । बाजुरामा घरमा जेठो छोरो जन्मिएको एक वर्ष पूरा भएपछि भुवा पर्वकै अवसरमा छैटी खेल्ने चलन रहेकाे छ । छैटीमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज गर्ने चलन रहेकाे छ ।
याे पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेशले बाजुरा, अछाम, बझाग र डोटी जिल्लामा आज शुक्रबार सार्वजनिक बिदा समेत दिएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस