• जीवनशैली | Jiwanshaili
  • तपाईंकाे वजन कति हुनु पर्छ ? यसरी पत्ता लगाउनुहोस्


    बडी मास इन्डेक्स (बीएमआई) शरीर र तौलको अनुपात थाहा पाउने सूचक हो । यो सूचकले व्यक्तिको स्वास्थ्य र तन्दुरुस्तीबारे
    जानकारी दिन्छ । बीएमआई शरीरको तौल अनुपात जनाउने अंक हो । शरीरको तौल स्वास्थ्यका लागि जोखिमपूर्ण छ कि छैन भन्‍ने
    थाहा पाउन बीएमआई पत्ता लगाउनु जरुरी हुन्छ । मोटोपनले मुटुसम्बन्धी रोग, डायबिटिज, क्यान्सर आदिको खतरा बढाउँछ ।

    सामान्यतयाः बीएमआई बढी भएको व्यक्तिमा मोटोपन बढी हुन्छ भने कम भएको व्यक्ति तुलनात्मकरुपमा स्वस्थ हुन्छ । तर,
    बीएमआई १८ दशमलव ५ भन्दा कम भएमा अन्डरवेट मानिन्छ । १८ दशमलव ५ देखि २४ दशमलव ९ अंकसम्म बीएमआई हुने
    व्यक्तिको तौल अनुपात सामान्य मानिन्छ । त्यसैगरी २५ देखि २९ दशमलव ९ अंकसम्म हुनेलाई ओभरवेट र ३० भन्दा माथि
    बीएमआई हुनेमा मोटोपन बढी हुन्छ ।

    बीस वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिको शरीर र तौलको अनुपात सही छ कि छैन भन्‍ने थाहा पाउन बीएमआई पत्ता
    लगाइन्छ । विज्ञहरुका अनुसार यस्तो अनुपातको तुलना समान उमेर समुहका पुरुष र महिलामा एकै किसिमले हुने गर्दछ । अर्थात्
    महिला र पुरुषको बिएमआई गणना गर्ने तरिका एउटै हो ।

    बीएमआई कसरी थाहा पाउने ?

    बीएमआई थाहा पाउन शरीरको तौल पाउन्डमा र उचाई इन्चमा लिएर हिसाब गर्नुपर्दछ । शरीरको तौल (पाउन्डमा) जनाउने
    संख्यालाई ७०३ ले गुणा गरी त्यसलाई उचाईको वर्गले भाग गर्नुपर्दछ ।

    बीएमआई = [ तौल (पाउन्डमा) x ७०३] ÷ [ उचाई इन्चमा (सोही अंकले गुणा गरी राख्ने) ]

    उदाहरणको लागि तौल ६५ केजी र उचाई ५ फिट ४ इन्च छ भने यसप्रकार बीएमआई पत्ता लगाउन सकिन्छ ।

    बीएमआई = [(६५ X २.२०) X ७०३ ] ÷ [६४ X ६४]

    *१ किलोग्राम = २.२० पाउन्ड

    बीएमआई = १००५२९ ÷ ४०९६= २४.५४

    (बीएमआई २५ भन्दा बढी हुनुलाई मोटोपन मानिन्छ । त्योभन्दा कम सामान्य तौल अनुपात हो)


    क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार