अमलाको फाइदा, जसले सधै जवान राख्छ

अमला यस्तो फल हो, जुन अनेक रोगका लागि औषधिको काम गर्छ। यसले रोगसंग लड्न सक्ने प्रतिरोधक क्षमताको समेत विकास गर्छ। यस्तै, अमलाले खाना पचाउन, पेटमा एसिडको मात्रा सन्तुलित राख्न, कलेजो सफा राख्न र मस्तिष्कलाई स्फूर्ति राख्न पनि उत्तिकै सहयोग गर्छ।
अमलामा भिटानि सी र ए पाइन्छ। साथै यसमा फोलिक एसिड, खनिज, क्याल्सियम, पोटासियम, फोस्फोरस, आइरन, म्याग्नेसियम, आइरन क्यारोटेटन र कम क्यालोरीजस्ता पोषणतत्व पाइन्छ। १ सय ग्राम फलमा केवल ४४ ग्राम क्यालोरी हुन्छ। ताजा अमलामा ८० प्रतिशत पानीको मात्रा हुन्छ। यसको अलावा प्रोटिन, खनिज, कार्बोहाइड्रेट र फाइबर हुन्छ।
यस्तै, अमलामा हुने क्रोमियम, जसले मधुमेहलाई घटाउने काम गर्छ। यसले छुट्टै रहेका रगतका कोषलाई घटाएर रगतमा चिनीको मात्रा घटाउँछ। जब रगतमा चिनी घट्छ, कोषले ग्लुकोजलाई क्रियाशील बनाउँछ। यसले मेटावोलिजम बलियो हुन्छ। क्रोमियमले रगतमा हुने अवरोध हटाउँछ र मुटु स्वस्थ राख्छ। यसले शरीरमा हुने खराब बोसो कोलस्ट्रोल पनि हटाउँछ।
हमलामा हुने पर्याप्त फाइबरको मात्राले पाचनप्रणालीलाई नियमित राख्छ। यसको कारण कब्जियतको समस्या पनि स्वतः हटेर जान्छ। अमलाले खाना पचाउन रस उत्पादन गर्छ र पेटमा एसिडको मात्रा बढ्न दिँदैन।
अमला मुटुरोगका लागि पनि अत्यन्त फाइदाजनक रहेको प्रमाणित भइसकेको छ। अमलाको धुलोले मुटुको कोषलाई बलियो बनाउँछ र शरीरमा प्रभावकारी रूपमा रक्तसञ्चार हुन्छ। अमलामा हुने क्रोमियमले मुटुको धमनी र सिरामा हुनसक्ने अवरोध हटाउँछ। साथै यसले हृदयघात र मस्तिष्कघातको जोखिम हटाउँछ। अमलामा हुने आइरनको मात्राले नयाँ रक्तकोष निर्माणमा सहयोग गर्छ। यसले शरीरका अन्य अंगमा रक्तसञ्चार र अक्सिजन प्रवाह गरी शरीरका कोषलाई स्वस्थ राख्छ।
यो फलमा पर्याप्त पानीको मात्रा हुन्छ। यसले पिसाबको मात्रा वृद्धि गर्छ। पिसाबबाट हाम्रो शरीरमा रहेको अनावश्यक विषादी बाहिर निकाली शरीरमा आवश्यक पानी, नुन र युरिकएसिडको मात्रालाई सन्तुलनमा राख्छ। यसकारण अमलामा रहेको पानीको प्रतिस्थापन तत्वले आफ्नो मिर्गौला स्वस्थ राख्न र पिसाबको संक्रमण रोक्न मद्दत गर्छ।
यस्तै, अमलालाई परम्परागत रूपमै कपालका लागि भिटामिन मानिन्छ। यसले कपाल बढाउने र झर्नबाट जोगाउँछ। यसले कपालको जरा बलियो बनाउँछ र कपालको रंगमा कालोपना पनि ल्याउँछ। अमलाको तेल प्रयोग गर्नाले कपालमा चमक आउनुका साथै कपाल लामो पनि बन्छ।
अमलामा हुने एन्टिअक्सिडेन्ट गुणले हाइपरलिपिडमियाँ शरीरमा रहेका अनावश्यक रेडिकक्लस हटाउँछ। भिटामिन सी र एन्टिअक्सिडेन्टले चाउरीपना र दाग हटाउँछ। र, सधैं जवान देखिन मद्दत गर्छ।
एक अनुसन्धानअनुसार अमलाले पाठेघरको मुख र अन्डकोषको क्यान्सरविरुद्ध विषको काम गर्छ। जसले गर्दा ती भागमा क्यान्सरका सेल विकसित हुन पाउँदैनन्। यसमा क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ। यसमा हुने खनिज तथा भिटामिनले महिनावारी गडबडीमा उपचारकै काम गर्छ। नियमित रूपमा अमलाको सेवन गर्नाले महिनावारी सन्तुलित हुन्छ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस