• जीवनशैली | Jiwanshaili
  • के तपाई ७ घण्टाभन्दा कम सुत्नुहुन्छ ? सावधान, हुन सक्छ यस्ता गम्भीर समस्या


    निन्द्रा यस्तो चीज हो जसलाई प्रायः व्यक्तिहरूले ख्यालै गर्दैनन्। तब मात्र हामी सुत्न जान्छौं जब हाम्रो आँखा नै बन्द हुन थाल्छ। तर के तपाईंलाई थाहा छ हाम्रो भोकको निन्द्रा र तौलसँग पनि पारस्परिक सम्बन्ध हुन्छ। यदि तपाई आफ्नो शारीरिक तौल घटाउन चाहानुहुन्छ भने सर्वप्रथम तपाईको सुत्ने बानी बदल्नु पर्छ। भारतको क्लिनिकल स्लीप मेडिसिन जनरलका अनुसार ७ घण्टाभन्दा कम समय सुत्ने मानिसहरुलाई धेरै मोटाउनु, मुटु रोग, डिप्रेसन, इत्यादि जस्ता धेरै रोगहरूको जोखिम हुन्छ।

    आज जानौं निद्रा र तौल घटाउनुका बेफाइदा र आफ्नो निन्द्रालाई सुधार गर्ने उपायहरु:

    निद्रा र तौलको बीच प्रत्यक्ष सम्बन्ध

    भारतीय राष्ट्रिय स्वास्थ्य संस्थाको अनुसन्धान अनुसार, निद्रा र तौलको बीच प्रत्यक्ष सम्बन्ध छ। कम निद्रा लिनु भनेको तौल र मोटापाको उच्च जोखिम हुनु हो। एउटा अध्ययनका अनुसार ती व्यक्तिहरू जो प्रति रात ५ घण्टा सुत्दछन्, उनीहरूको औसत वजन हरेक ५ रातमा ८० ग्रामले बढ्ने देखिएको छ।
    अमेरिकी हेल्थ एजेन्सी सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रीवेन्सनका अनुसार १८ देखि ६० वर्ष उमेरका व्यक्तिहरूले हरेक रात कम्तिमा पनि ७ घण्टा निद्रा पूरा गर्नुपर्दछ। करिब ३५ प्रतिशत अमेरिकी वयस्कहरू ७ घण्टाभन्दा कम निदाउने गर्छन्।

    हार्मोनल असन्तुलनले भोक धेरै लाग्छ र तौल बढाउँछ

    निन्द्राको अभावले शरीरमा हार्मोनल असन्तुलन उत्पन्न गर्दछ। यसले भोक बढाउँदछ र तौल बढी हुने जोखिम बढाउँदछ। वास्तवमा, हाम्रो शरीरमा लेप्टिन र घ्रेलिन हर्मोनहरू हुन्छन्, जसले भोक नियन्त्रण गर्दछ। तर जब निद्रा पूर्ण हुँदैन, यी हर्मोनको उत्पादन स्तर परिवर्तन हुन्छ। कम लेप्टिन र धेरै घ्रेलिन शरीरमा धेरै बन्न थाल्छ। लेप्टिनले भोक घटाउँछ भने घ्रेलिनले भोक बढाउँछ।

    कोर्टिसोल हार्मोनले मीठो र जंक फूडहरु खाने इच्क्षा बढाउँछ

    भोक लाग्नु र नलाग्नुको पछाडि दोस्रो कारक भनेको कोर्टिसोल हार्मोन हो, यसलाई स्ट्रेस हार्मोन पनि भनिन्छ। जब हाम्रो निद्रा पूर्ण हुँदैन, शरीरले यसलाई तनावको रूपमा देख्छ र कोर्टिसोल हर्मोन उत्पन्न गर्दछ, जसले भोक बढाउँदछ। यो समयमा उच्च फ्याट, मीठो र जंक फूड खान सबैभन्दा धेरै मनपर्दछ। कोर्टिसोल हार्मोन बढ्यो भने शरीरमा फ्याट बढ्छ, त्यो पनि विशेष गरी पेटमा।

    ग्रोथ हार्मोन कम उत्पन्न हुन्छ, जसले मोटापना बढाउन मद्दत गर्छ

    स्लीप फाउन्डेसनका अनुसार जब हामी सुत्छौं, शरीरमा ग्रोथ हार्मोनहरू बाहिर निस्कन्छन्, जुन शरीरको सुधारका लागि प्रयोग हुन्छ। यी हार्मोनहरूले फ्याट कम गर्न काम गर्दछन्, जसलाई लिपोलाइसिस भनिन्छ। निद्राको अभावको कारण ग्रोथ हर्मोनहरूको उत्पादनमा कमी आउँदछ। धेरै अनुसन्धानले यो देखाउँछन् कि राती ४ वा ५ घण्टा मात्र सुत्ने व्यक्तिमा मोटोपना बढाउँदछ।

    ५ घण्टाभन्दा कम निदाउने पुरुषहरूलाई मधुमेहको उच्च जोखिम

    एक अध्ययनका अनुसार आधा अधुरो निद्राले हाम्रो ग्लूकोज होमियोटेसिसलाई प्रतिकूल असर गर्दछ। यस कारणले शरीरबाट इंसुलिन सेंसिटिविटी द्रुत रूपमा कम हुँदै जान्छ र मधुमेहको जोखिम बढ्छ। बच्चाहरूलाई पनि यो हुन सक्छ।

    स्विडेनमा वैज्ञानिकहरूले १० वर्षभन्दा बढी समयदेखि दुई हजारभन्दा बढी मानिसहरुमा अध्ययन गरेका छन्। जसमा ५ घन्टा कम निन्द्रा लिने महिलाभन्दा पुरुषहरूमा मधुमेह रोग हुने सम्भावना धेरै देखिएको थियो।

    मिठो निद्राका लागि अपनाउनुस् यी ८ टिप्सः

    – सुत्ने रुटिन बनाउनुहोस्

    – तनाव कम गर्नुहोस्

    – ध्यान, योग र व्यायाम गर्नुहोस्

    – अबेर राती मादक पदार्थ वा कफी नपिउनुहोस्

    – अबेर राती धेरै खानेकुरा नखानुहोस्

    – सुत्नु एक घण्टा अघि मोबाइल, ल्यापटप, टिभी बन्द गर्नुहोस्

    – दिउँसो एकछिन भएपनि घाममा बस्नुहोस्

    – सुत्नुअघि खुट्टा धोएर सुत्नुहोस्


    क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार