के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
डिम्बग्रन्थिको क्यान्सर एक खतरनाक रोग हो, जुन बिस्तारै शरीरको विभिन्न भागहरूमा फैलिन्छ। यद्यपि महिलाहरूले कुनै पनि उमेरमा यो क्यान्सरको सामना गर्नु पर्ने हुन सक्छ। तर ४० वर्षको उमेरपछि महिलामा यसको खतरा बढी नै हुन्छ। डिम्बग्रन्थिको क्यान्सर डिम्बग्रन्थिबाट सुरु हुन्छ र प्रजनन ग्रन्थहरूमा फैलन्छ। जुन गर्भधारण गर्नका लागि अन्डा उत्पादन गर्दछ। अन्डाहरू फलोपियन ट्युबहरूको मात्र सहयोगले युट्रसमा पुग्छन्। यस्तो अवस्थामा डिम्बग्रन्थि क्यान्सरको शिकार भएर निको भएका महिलाहरु आफूले फेरि सुरक्षित रूपमा गर्भधारण गर्न सक्छु कि सक्दिन भनेर चिन्ता लिइरहेका देखिन्छन्।
विज्ञहरूका अनुसार, डिम्बग्रन्थिको क्यान्सरको उपचारपछि महिलाहरूले कुनै समस्या बिना गर्भधारण गर्न सक्दछन्। यसको लागि महिलाहरुले आफ्नो डाक्टरसँग परामर्श गरेर अण्ड संरक्षन गर्न सक्छन्। ताकि उपचारको क्रममा यो फेरि ट्रान्सप्लान्ट गर्न सकियोस्।
यदि क्यान्सर डिम्बग्रन्थिमा मात्र फैलिन्छ भने डाक्टरहरूले यसलाई शल्यक्रिया गरेर बाहिर राख्छन् तर यो गर्नको लागि महिलाको उमेर बढी हुनु पर्छ। यदि युवा महिलाहरुको एउटा डिम्बग्रन्थिमा क्यान्सर छ भने अर्को डिम्बग्रन्थि हटाइदैन किनकि महिलाले डिम्बग्रन्थिद्वारा समेत गर्भधारण गर्न सक्दछन्।
कुन महिला बढी जोखिममा छन् :
१. अनुवांशिक, बढ्दो उमेर, बच्चा जन्माउन नसक्ने, हर्मोन रिप्लेसमेन्ट थेरापी, एन्डोमेट्रियोसिसको निदान, प्रजनन ईतिहास, र मोटोपना भएका महिलाहरूमा क्यान्सर हुने सम्भावना बढी हुन्छ।
२. यस बाहेक ४० वर्षको उमेरभन्दा अघि स्तन क्यान्सर, बांझोपनको लामो उपचारले पनि यस रोगलाई जन्म दिन्छ।
३. कम उमेरमै महिनावारीको शुरुआत हुनु र महिनावारीमा ढिलाइ हुनुले पनि डिम्बग्रन्थि क्यान्सर निम्त्याउन सक्छ।
डिम्बग्रन्थि क्यान्सरको लक्षण :
* पेट, कम्मर, पेल्विक र शरीरको तल्लो भागमा अत्याधिक पीडा हुनु
* योनीबाट असामान्य रुपमा रक्तस्राव हुनु
* कब्जियत, अपच र खाना नखाँदा पनि पेट भरिए झै हुनु
* छिटो छिटो पिसाब आउनु
* चर्पि गर्दा समस्या हुनु
* महिनावारीमा अनियमितता आउनु
* कन्सिब गर्नमा समस्या हुनु
डिम्बग्रन्थि क्यान्सरको उपचार :
महिलाको क्यान्सरको स्थितिमा आधारित रहेर डाक्टरहरूले यसलाई हर्मोन थेरापी, किमोथेरापी, शल्यचिकित्सा र औषधिद्वारा उपचार गर्छन्।
डिम्बग्रन्थि क्यान्सर रोकथामका लागि सम्झनु पर्ने कुराहरू :
* नियमित रगत र क्याल्सियम जाँच गर्नुहोस्। साथै, यदि परिवारमा डिम्बग्रन्थि वा कुनै क्यान्सरको इतिहास छ भने नियमित चेकअप गर्नुहोस्।
* रक्सी, सुर्तीजन्य, चिया/कफी, फास्ट/फूडबाट जतिसक्दो टाढा रहनुहोस् र हरियो चीजहरू जस्तै हरिया तरकारीहरू, नट्स, फलफूल, ब्रोकोलीलाई डाइटमा लिनुहोस्।
* वजन नियन्त्रणमा राख्नुहोस् र यसको लागि स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्।
* नियमित रूपमा व्यायाम र योगलाई तपाईको तालिकाको भाग बनाउनुहोस्।
याद गर्नुहोस्, डिम्बग्रन्थिको क्यान्सरको उपचार तब मात्र सम्भव छ, जब यो समयमै निदान गरिन्छ, त्यसैले नियमित जाँच गर्नुहोस्।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस