लगातार खोकि लागिरहन्छ, एक दिनमै यसरी निको पार्न सकिन्छ
जाडो मौसममा खोकि लाग्नु आम समस्या हो । चीसो शरिरमा गढेपछि खोकि लाग्ने गर्दछ । यस्तो खोकिको बेलैमा हेरचाह पुर्याउनु पर्दछ । नत्र निरन्तरको खोकिले थप जटिलता निम्त्याउन सक्दछ । खोकिको समस्या बच्चामा मात्रै होईन वयस्क र बृद्धमा पनि देखिन सक्छ । यसले हाम्रो छाती र घाँटीलाई मात्रै समस्या गर्ने नभएर दैनिक कार्यमा नै असर गर्दछ । लगातारको खोकी धरै दिन सम्म रहेमा यसले भयानक रुप पनि लिन सक्छ ।यसकारण हामीले खोकिलाग्ने बित्तिकै यसको उपचार गर्नु आवश्यक हुन्छ ।सामान्य खोकीका लागि अस्पताल नै जानु पर्छ भन्ने छैन् घरमै पनि यसको उपचार गर्न सकिन्छ । हामीलाई अचम्म लाग्न सक्छ एक दिनमै सुन्तलाको प्रयोगबाट खोकी निको पार्न सकिन्छ । आउनुहोस् आज हामी सुन्तलाको प्रयोगबाट एकै दिनमा कसरी खोकी निको पार्न सकिन्छ भन्ने बारेमा जानकारी दिन गईरहेका छौँ ।
पहिले एउटा कचौरा पानी लिनु होस् र १ चम्चा नुन घोल्नु होस्।
त्यस पछि २० मिनेट को लागि एउटा सुन्तला उक्त पानीमा भिजाउनुहोस्।
त्यसपछि सुन्तलाको माथीको एक दुई सेन्टिमिटर काट्नुहोस ।
काटेको भाग नफाल्नुहोस् र माथीको भागमा केहि ठाँउमा काटाहरुको मद्धतबाट प्वाल पार्नुहोस् ।
त्यस पछि आधा चम्चा नुन लिनुहोस् ।
सबै प्वाल हरुमा त्यो नुन लगाउनुहोस् ताकी पग्लेर नुन सुन्तलाको भित्र सम्म पुग्न सकोस् ।
अव काटेको माथिको भागले सुन्तलामा विर्को को रुपमा जोड्नुहोस् ।
अव यसलाई कुनै भाडामा पानी हाल्नुहोस र यसलाई २० मिनेट सम्म बाफमा पकाउनुहोस् यसको लागि तपाई कुकर वा कुनै स्टिम गर्ने तरिका पनि प्रयोग गर्न सक्नु हुन्छ ।
त्यस पछि सुन्तला निकाल्ने र तातो तातो खाने।
तपाईले त्यो सुन्तलालाई जुसको रुपमा पनि खान सक्नु हुन्छ ।
यसले हाम्रो सामान्य खोकि लाई एक दिनमै निको पार्न सकिन्छ । तर खोकी धरै लागेको छ भने तुरुन्त नजिकको चिकित्सकलाई देखाइहाल्नु पर्छ । नत्र खतरा हुन सक्छ ।
क्याटेगोरी : खोज/विशेष, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस