६५ वर्षकी रेखाको फिट्नेस र ब्यूटीको राज
एजेन्सी- बलिउड अभिनेत्री रेखा आज पनि उत्त्किै जवान, सुन्दर रआकर्षक दखिन्छीन् । उनलाई देखेर उनको उमेर पत्ता लगाउन गाह्रो हुन्छ । उनी बलिउडकी एभरग्रीन सुन्दरी अभिनेत्री हुन् । ६५ वर्षको उमेरमा पनि रेखा जवान र आकर्षक देखिन्छीन् । आजको समयमा जहाँ महिलाहरुको उमेर ४० हुनासाथ उनीहरुको अनुहार ४० भन्दा बढी उमेरको बदेखिन्छ। त्यहीं रेखा ६० को उमेरमा कटिसक्दा समेत सुन्दर देखिन्छीन् ।
रेखा सधै जवान हुनुको पछाडी उनको खानपान र जीवनशैली रहेको छ । उनले हरेक दिन यस्ता व्यायाम तथा खानपानको प्रयोग गर्छिन् ।
* सिँहासन

* कपालभाति

* सूर्य नमस्कार

* मत्स्यासन

बुढोपन रोक्ने अन्य उपायहरु :
- यदि तपाई भित्रैबाट खुसी हुनुहुन्छ भने त्यो बाहिर पनि देखिन्छ । जसले तपाईलाई सधैं जवान रहन मद्दत पुग्छ ।
- नीम र तुलसीको पात राखेर पानी पिउने । यसबाट रगत शुद्ध रहने र त्वचा सफा हने गर्दछ ।
- तपाईको खानामा ताजा तरकारी र फलफूलको मात्रा बढी हुनु पर्दछ । यसले तपाईको शरीरमा इम्यूनिटी र स्फूर्ति बढ्न मद्दत गर्छ ।
- शरीरलाई पूरा आराम दिनु पर्दछ । राम्रो निन्द्रा पनि लिन जरुरी मानिन्छ । यसले शरीरलाई आफैमा ताजा र फ्रेस बनाई राख्छ ।
- साबुनको प्रयोग नगर्ने र शरीरलाई जोडसँग रगडेर नुहाउने ताकि शरीरमा भएका मृत त्वचाहरु हटेर जाउन् ।
- यदि तपाईको छाला चिल्लो भइरहेमा चाउरी पनि कम देखिन्छ । छालामा सुख्खापन महसुस भएमा तेल लगाउने ।
- नकारात्मक विचार र रिसबाट टाढै रहने । प्रकृतिसँग समय बिताउनाले तपाईको शरीर स्वस्थ रहरिहन्छ । जीवनमा रुचि राख्ने ।
उमेर बढ्ने र बुढ्यौली आउनु त निश्चय छ तर हामी योग जीवन शैलीलाई अपनाएर यसको प्रक्रियालाई सुस्त गतिमा राख्न सक्छौं ।
क्याटेगोरी : खोज/विशेष, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस