मोटोपनाले फोक्सोमा बोसोयुक्त गिर्खा

एजेन्सी – बढी तौल तथा मोटोपना हुने मानिसको फोक्सोमा बोसो पलाएको भेटीएकाे छ। हालै अस्ट्रेलियामा भएको एक अनुसन्धानबाट यस्तो पत्ता लागेको हो। अनुसन्धानकर्ताले ५२ जना मानिसको फोक्सोको नमुना लिएर अध्ययन गर्दा उनीहरूमा बोसोका डल्ला बढेको भेटाएका थिए।
उनीहरूले मोटाे तथा बढी तौल भएका मानिसमा दमको जोखिम हुने कुरा पनि पत्ता लगाएका छन्। युरोपियन रेस्पिरेटोरी जर्नलमा प्रकाशित भएको सो अध्ययनमा वैज्ञानिकहरूले दान गरिएका फोक्सोहरूकाे नमुना लिएका थिए।
१५ वटा फोक्सोमा दम थिएन भने २१ वटामा दम देखिएकाे थियो। वैज्ञानिकले सबैलाई विस्तृत अध्ययन गर्न १४ सय रंग प्रयोग गरी माइक्रोस्कोपमा राखेका थिए। अनुसन्धानकर्ताले लुकेका बोसोयुक्त टिसियु (डल्ला) फोक्सोको भित्तामा फेला पारेका थिए, जो मोटाे तथा बढी तौल भएका मानिसहरूकाे फोक्सो थिए। र, उनीहरूले सामान्य देखिएको फोक्सोभित्र यस्ता डल्ला हुने र जसले फोक्सो सुनिने बताएका थिए।
युरोपियन रेस्पिरेटोरी सोसाइटीकाका अनुसार मोटो तथा बढी तौल भएको मानिसमा श्वासप्रश्वास रोगको सम्बन्ध हुन्छ। किनकि यसले मोटाे मानिसमा नराम्रोसँत दमको बढी लक्षण देखिन्छ। जुन बिरामीमा बढी तौल तथा मोटोपना छ, उनीहरूमा श्वासप्रश्वासको गतिविधि नियाल्न आवश्यक हुन्छ।
क्याटेगोरी : समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस