सावधान! धूमपानले अन्धोपना ल्याउन सक्छ
एजेन्सी- बेलायतमा लाखौं मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँच जनामध्ये एक जना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता हुन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको छ। सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।
कसरी बिगार्छ धूमपानले आँखा ?
चुरोटमा हुने विषाक्त रसायनले आँखालाई हानि पुर्याउँछ। चुरोटमा रहेको विषाक्त रसायन खुला रूपमा पुपिल्सभित्र जम्मा हुन्छ र लेन्स धुवाँमय बन्छ। धूमपानले मधुमेह जस्तै रेटिनाका रक्तनली नष्ट गरेर दृष्टिमा समस्या उत्पन्न गर्छ। धूपमान प्रयोगकर्तामा उमेर पुगेका मानिसमा भन्दा तीनगुणा छिटो आँखाको केन्द्र भागमा असर गरेर आँखाको दृष्टि क्षमता घट्दै जान्छ।
चस्माविद्हरु भन्छन्, ‘धूमपान र क्यान्सरको सम्बन्ध धेरै मानिसलाई थाहा छ तर यसको असर आँखामा पनि हुन्छ भन्नेबारे धेरै मानिस सचेत छैनन्, धूमपानले बुढ्यौलीका कारण हुने दृष्टि ह्रासजस्तै दृष्टि क्षमतामा ह्रासको जोखिम बढिरहेको छ,
बेलायतमा १७ प्रतिशत पुरुष, १३ प्रतिशत महिला र करिब ७४ लाख मानिसमध्ये आधाभन्दा बढीले धूमपान छोड्न चाहेको जनाएका थिए। राष्ट्रिय तथ्यांक विभागले सन् २०११ मा धूमपान प्रयोगकर्ता अनुपातको रूपमा घट्दै गएको देखाएको थियो। तर सन् २०१७ मा १८ देखि २४ वर्ष उमेर समूहको ठूलो संख्या धूमपानमा फसिरहेको पाइएको छ। जसमा २ दशमलव ८ मिलियन मानिसमध्ये ५ दशमलव ५ प्रतिशतले चुरोट सेवन गर्ने गर्छन्।
क्याटेगोरी : समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक


प्रतिक्रिया दिनुहोस