कस्तो हुनेछ कोरोनापछिको जीवनशैली?
साउन ७, २०७७
२०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना (कोभिड-१९) भाइरसका कारण यतिवेला विश्व आक्रान्त छ । दिनप्रतिदिन यस भाइरसका नयाँ नयाँ तथ्यहरू पत्ता लाग्दै गएका छन्। विश्वभरी फैलिएको यो भाइरस कहिले खतम हुन्छ र कहिलेदेखि पहिलेकै जीवनशैलीमा अभ्यस्त हुनपाइन्छ भन्ने यकिन जवाफ कसैसँग छैन । कोरोना कहिले सकिन्छ भन्ने यकिन जवाफ नभएपनि कोरोनापछिको जीवनशैलीमा व्यापक परिवर्तन आउने निश्चित छ । आउनुहोस् जानिराखौं के के परिवर्तन हुन्छन् होला त कोरोनापछिको जीवनशैलीमा।
प्रविधिमुखी जीवनशैली
कोरोना महामारीपछि धेरैले आफ्नो जीवनशैलीलाई परिवर्तन गरेका छन् । पहिला पैसामा हुने आर्थिक कारोवार अहिले घट्दै गएर प्रविधिमुखी बन्दै गएको छ । विश्वमै आर्थिक कारोवार प्रविधिप्रति लचक बन्दै गएकोमा नेपालमा पनि प्रविधिको प्रयोग गरेर कारोवार बढ्दै गएको देखिन्छ ।
प्रविधिलाई प्राथमिकता
अबको बाटो नै प्रविधिमुखी हुने भएकाले कार्यालयहरूले प्रविधिलाई प्राथमिकतामा राख्नेछन् । कार्यालयमा प्रविधिहरूको प्रयोग बढ्न थाल्नेछ । लकडाउन खुकुलो भएसँगैं कार्यालय खुल्दै गएपछि क्रमशः यसको अभ्यास हुँदै गइरहेको छ ।
मानवीय स्रोतको कम प्रयोग
अबको युग प्रविधिकै भएको कारण विश्वका ठूला कम्पनीले कमभन्दा कम मानविय साधनको प्रयोग गरी प्रविधिको प्रयोगलाई जोड दिन थालेका छन् । कोरोना अघि नै यसको विस्तार शुरु भएकोमा कोरोनापछि प्रविधियुक्त कामदारलाई प्राथमिकतामा राखेर विश्वका ठूला कम्पनीहरू अघि बढ्न थालेका छन् ।
कर्मचारीको सुविधा
आगामी दिनमा कार्यालयले अत्यावश्यक कर्मचारीलाई मात्र कार्यालयमा प्राथमिकतामा राखेर उनीहरूको सुविधालाई प्रखुता दिनेछन् । कम्पनीको सम्पत्ति भनेकै दक्ष कर्मचारी भएकाले दक्ष जनशक्तिलाई लिएर कम्पनीले तिनको स्वास्थ्य र मनोविज्ञानको अध्ययन गर्नेछन् ।
अनलाइन व्यापार
प्रविधिको विकाश भएसँगै फस्टाउँदै गएको अनलाइन व्यापारलाई कोरोनाले अझ मलजल गरेको छ । कोरोनाकालमा फस्टाएको अनलाइन व्यापारको मार्केटिङ पछिसम्म राम्रो हुने निश्चित देखिन्छ ।
कार्यालयको डिजाइन परिवर्तन
कोरोना मात्र नभएर अन्य सरुवा रोगबाट बच्न पनि कम्पनीले अब पहिले नै स्वास्थ्य सावधानी अपनाउनेछन् । अब बन्ने कम्पनीको डिजाइनमा दूरीसहितको स्वास्थ्य सावधानी अपनाउन सकिने गरी कम्पनीको डिजाइन हुनेछ ।
(एजेन्सीहरूको सहयोगमा)
क्याटेगोरी : खोज/विशेष, प्रविधी शैली, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस