• जीवनशैली | Jiwanshaili
  • दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन


    गत बिहीबार भएको सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएकाे थियाे । उपचारमा लागेकाे खर्च तिर्न नसकेका कारण चार दिनदेखि उनकाे शव वीरगन्जस्थित अस्पतालमै थियाे । चन्दा संकलन गरेर स्थानीयले आज शवकाे पेष्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन गरेका छन् ।

    स्थानीय र माझीका आफन्तहरूले जितपुरसिमराको सडकमा अवरोध गर्दै प्रदर्शन गरेका हुन्। साे क्रममा उनीहरूले ठक्कर दिने सवारीसाधन प्रहरीले नखाेजेकाे आराेप लगाएका छन् ।

    माझीको मृत्यु सोही दिन साँझ पाँच बजेतिर न्युरो अस्पताल वीरगन्जमा भएको हो । पथलैया–निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा सेतो रंगको सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँएको थियो । ठक्कर दिने सवारी साधनको पहिचान हुन सेको छैन ।

    घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभावका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब एक लाख ८० हजार अस्पतालमा भुक्तानी गरेर हिजो आइतबार जिल्ला अस्पताल कलैयामा पोस्टमार्टम गरि आज शबसहित सडकमा प्रदर्शन गरेका हुन् ।

    पूर्ववडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका चार छोरा छोरी छन् । दुर्घटना भएको चार दिनसम्म पनि प्रहरीले फरार गाडी फेला नपारेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन गर्नु परेको उनले बताए ।

    आक्रोसित भिडले सडकमा अवरोध गर्दा करिब एक हजार सवारीसाधन सडकमा अलपत्र परेका छन् । उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।

    आन्दोलनमा उत्रिएकाहरूले जितपुर चोकमा सवारीसाधन अवरुद्ध पारेका छन्।


    क्याटेगोरी : ताजा अपडेट, समाज

    प्रतिक्रिया दिनुहोस