• जीवनशैली | Jiwanshaili
  • स्कुसका छन् यति धेरै फाइदा, क्यान्सरदेखी मुटुको स्वास्थ्यका लागि लाभदायी


    काठमाडौंमा अहिले तरकारीको मुल्य आकासिएको छ । आलु लगायत विभिन्न हरियो तरकारी भन्दा अहिले मासु सस्तो भएको छ । तर दैनिक मासु खाँदा स्वास्थ्यलाई बेफाइदा हुन्छ । त्यसैले तरकारी हामीले दैनिक रुपमा किन्ने गरेका हुन्छौं । यस्तो अवस्थामा बजारमा सजिलै र सस्तो पाइने तरकारी हो स्कुस । स्कुस भन्ने बित्तिकै हामीले छी।।।स्कुस भन्दै मुख बिगार्छौं । तर बहुगुणी स्कुसका फाइदा थाहा पाएपछि भने तपाइलाई खाउँ खाउँ लाग्नेछ ।

    स्कुस बहुउपयोगी, बहुगुणी तरकारी हो । स्कुसको मुन्टा, फल र जरा सबै खान मिल्छ । स्कुस तरकारी बनाएर, उसिनेर, मःम बनाएर खाए हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्व भएको स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो । स्कुस पोषक तत्वले धनी तरकारी हो । यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । जस्तै, एउटा २०० ग्रामको स्कुसमा निम्नलिखित यति धेरै पोषक तत्व पाइन्छ ।

    १, क्यालोरी – ३९
    २,कार्बोहाइड्रेड – ९ ग्राम
    ३, प्रोटिन – २ ग्राम
    ४, भिटामिन सी –२६ प्रतिशत
    ५, कपर – १२ प्रतिशत
    ६, पोटासियम – ७ प्रतिशत
    ७, म्याग्नेसियम – ५ प्रतिशत प्राप्त हुन्छ ।

    यति मात्रै होइन स्कुसका अन्य धेरै फाइदाहरु पनि छन् ।

    १, एन्टिअक्सिडन्टको उपलब्धता

    स्कुसका धेरै फाइदाहरू छन् । यसलाई शरीरमा चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अतिगुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ । एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।

    २, मुटुको स्वास्थ्यका लागि

    स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्धत गर्छ ।

    ३,रगतमा हुने गुलियो पदार्थको नियन्त्रणमा सहयोगी

    घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बोहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ । स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पु¥याउँछ ।

    ४, स्वस्थ गर्भावस्थालाई सहयोग गर्ने

    स्कुसको नियमित सेवनले स्वस्थ गर्भावस्थालाई सहयोग गर्न मद्धत गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ । तर गर्भवती वा गर्भाधान संस्कारको तयारीमा रहेकाहरूको लागि यो झनै महत्वपूर्ण छ । त्यसैले यस्ता मान्छेको लागि पनि स्कुसको सेवन फाइदाजनक मानिन्छ ।

    ५, क्यान्सर कम गर्न सहयोग गर्छ

    उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पु¥याउने गर्छ । एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ ।

    ६, बुढेसकालमा हुने दृष्टिदोष कम गर्छ

    फ्रि रेडिकल भन्ने एउटा मुख्य सिद्धान्त हुन्छ । जसले शरीरका विभिन्न कोषहरूमा क्षति पु¥याएर उमेर ढल्किँदै गएपछि हुने दृष्टिदोष कम गर्न पनि मद्दत पु¥याउँछ । यसैले, भिटामिन सी पर्याप्त पाइने यो तरकारीको नियमित सेवनले बुढेसकालको दृश्य कम गर्न मद्दत गर्छ ।

    ७,मिर्गौलाको कामलाई सहज बनाउन

    फ्याटी लिभर डिजिज भनेको एउटा यस्तो समस्या हो जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ । यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ ।

    यी पोषक तत्वका साथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बोहाइड्रेडपनि हुन्छ । यसमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको प्रचुर मात्रामा पाइन्छ । जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ । भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ । यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ । त्यसैले सस्तो अनि बहुगुणी स्कुसको तरकारी नियमित खाऔं र स्वास्थ्संगै पैंसाको पनि बचत गरौं

     


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार