हिमालय एअरलाइन्सले काठमाडौंका हस्पिटलहरुलाई दियो चिकित्सा सामाग्री
काठमाडौं- हिमालय एअरलाइन्सले काठमाडौंका हस्पिटलहरुलाई चिकित्सा सामाग्री प्रदान गरेको छ । हाल काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको अप्रत्यासित बृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न र समुदायमा कोरोना भाइरसको फैलावट रोक्न काठमाडौं उपत्यकाका विभिन्न हस्पिटलहरुलाई निरन्तर सहयोग पुर्याउँदै आएको हिमालय एअरलाइन्स फेरि पनि सहयोग गरेको छ ।
यस महामारीविरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुको सुस्वास्थ्यको सुनिश्चिता र तिनलाई सङ्क्रमणबाट बचाउन तत्काल चालिनुपर्ने कदमको महत्व बुझ्दै एअरलाइन्स्ले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री प्रदान गरेर सहयोग पुर्याएको हो ।
एक कार्यक्रमका बीच हिमालय एअरलाइन्सको ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट प्रदान गरेकी थिइन् । त्यसैगरी १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहले प्राप्त गरेकी थिइन् ।
विशेष गरि काठमाडौं उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायहरु बीच आफ्नो सेवाको पहुँच बढाउने प्रयासअनुरुप एअरलाइन्सले कोभिड–१९ विरुद्धको लडाईंमा अत्यावश्यक पर्ने १०० थान पि.पि.ई. सेट, १०० थान आर.डि.टी. परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु कभर र ५ बोत्तल (प्रत्येक ५०० मि.लि.का) स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको थियो। सो हस्पिटलका निमित्त अध्यक्ष श्री पूर्णबहादुर शाहीले हस्पिटलका तर्पmबाट उपरोक्त सामाग्रीहरु ग्रहण गरेका थिए ।
उक्त कामको प्रशंसा गर्दै श्री शाहीले फर्पिङ्गका समुदायहरुका लागि प्राप्त सहयोग अत्यन्त समय–सापेक्ष, सान्दर्भिक र अत्यावश्यक रहेको समेत बताए । विविध चिकित्सा सामाग्रीहरु प्राप्त गर्ने हस्पिटलहरुले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै समाज र राष्ट्रका निमित्त हिमालय एअरलाइन्सको सहयोगको प्रशंसा गरे। अग्रभागमा रहँदै कोभिड–१९ विरुद्ध लड्ने स्वास्थ्यकर्मीहरु प्रति हिमालय एअरलाइन्सले दर्शाएको सद्भाव अत्यन्तै उदाहरणीय रहेको र अन्य संघ–संस्थाहरुका लागि समेत प्रेरणादायी भएको डा. बरालले बताए ।
उक्त अवसरमा बोल्दै हिमालय एअरलाइन्सकी ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती दलीले कोभिड–१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रको लागि सहयोग पुर्याउन हिमालय सदैव तत्पर रहने बताइन् । यी चिकित्सा सामाग्रीहरुले हस्पिटलहरुका अग्रभागमा रही विरामी सेवामा लागिपर्ने स्वास्थ्यकार्यकर्तालाई ठूलो सहयोग पुग्ने आशा गर्दै आउँदा दिनहरुमा समाजको हितका लागि एकतावद्धरुपमा लागिपर्ने दृढता समेत दलीले व्यक्त गरिन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस