• जीवनशैली | Jiwanshaili
  • घरमा यी ५ बिरुवा राख्नाले प्राप्त हुनेछ सकारात्मक ऊर्जा


    आफ्नो आसपासमा सकारात्मक वातावरण बनाइ राख्न हामी कयौं प्रयास गर्छौ ताकि पोजेटिभ इनर्जीको माहोल बन्न सकोस् अनि सबै नकारात्मक ऊर्जा हामीबाट टाढा जाओस् । सकारात्मक ऊर्जाका लागि कुनै बिरुवाले पनि साथ दिने गर्छन् । हरियाली वातावरणले मानिसको मनमा सकारात्मक ऊर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट–बिरुवा छन्, जसले हामीलाई ऊर्जावान बन्न मद्दत गर्छन् ।

    तुलसी : तुलसी स्वास्थ्यका हिसाबले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी बिरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक ऊर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ ।

    मेहन्दी : सकारात्मक ऊर्जाका लागि शरीर तथा मन चुस्त र दुरुस्त हुन आवश्यक हुन्छ । शरीर र मनको थकानलाई टाढा गर्न लागि मेहन्दी निकै फाइदाजनक हुन्छ । यो बिरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ ।

    मनिप्लान्ट : घरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुनेछ । यस बिरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ ।

    घ्यूकुमारी : शरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्त्व छ । यसतै, घरमा रहेको नकारात्मक ऊर्जा हटाउनका लागि पनि एलोभेरा महत्त्वपूर्ण हुन्छ ।

    बेम्बो ट्री : ​बेम्बो ट्रीले भाग्य बदल्ने गर्छ भन्ने विश्वास रहि आएको छ । यसलाई लक्की ट्री पनि भन्ने गरिन्छ । यो सानो खालको बाँसलाई खासै हेरचाहको आवश्यकता पनि पर्दैन । सानो शिशाको भाँडोमा थोरै पानी रखेर एक कुनामा यसलाई राख्न सकिन्छ ।


    क्याटेगोरी : समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार