दिमाग तेज बनाउन खानुहोस् ओखर-बादाम हलुवा
ओखर र बादामको सेवनले शरीरमा ताकत आउनुको साथै दिमागलाई पनि तेज बनाउने गर्छ । यस्तै, यसको हलुवा बनाएर खादा स्वादिलो त हुन्छ नै साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । आउनुस आज जानौं ओखर र बादामको हलुवा बनाउने विधि…
सामग्री
बादाम- १ कप
ओखर- १/२ कप
घ्यू- १/२ कप
चीनी- १/२ कप
पानी- १/२ कप
दूध- २ चम्मच
केसर- ७/८ वटा
इलाइची पाउडर- चुट्कीभरी
खाज मिल्ने सुन्तलन रङ- चुट्कीभरी
विधि :
१. सबैभन्दा पहिले बादाम र ओखरलाई मिक्सरमा राखेर अलग-अलग गरी पिस्ने ।
२. एउटा भाडामा घ्यूलाई १-२ मिनेटसम्म बादाम र ओखरलाई भुट्ने ।
३. एउटा अलग भाडामा पानी, चीनी, इलाइची पाउडर, केसर हालेर चास्नी बनाउने ।
४. तयार भएको चास्नी र दूधलाई ओखरको मिश्रणमा मिलाउने ।
५. यसमा सुन्तला रङ हालेर मिक्स गरेर ग्यास बन्द गर्ने ।
६. अब तपाईको ओखर-बादाम हलुवा तयार भयो । तात्तातो हलुवा खाएर यसको मजा लिनुहोस् ।
क्याटेगोरी : समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस