• जीवनशैली | Jiwanshaili
  • कपाल झरेर हैरान हुनुहुन्छ ? अब यसो गर्नुहोस्


    स्वस्थ, सुन्दर कपाल महिलाको पहिचान हो । मानिसको सुन्दरतामा कपालले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । धेरैलाई आफ्नो कपाललाई राम्रो बनाउन र स्यहार गर्ने विषयले सताइरहन्छ । नझरेको बाक्लो र लामो कपाल निकै आकर्षक पनि मानिन्छ । यसका लागि केही घरेलु उपायहरुलाई लागू गरेर कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यहाँ उल्लेख गरिएका उपायहरुले झरेको कपाललाई रोक्नुका साथै नयाँ आउने कपाल झनै आकर्षक समेत बनाउँछ ।

    अण्डाको सेतो भाग :

    अण्डाको सेतो भागमा तिन चम्मा जति जैतुन (ओलिभ) को तेललाई मिलाउने । यसलाई हेयर प्याकको रुपमा कपालमा लगाउने । यो मिश्रणले कपाललाई कण्डिसनरको रुपमा काम गर्छ भने कपालमा देखिने विभिन्न किसिमका समस्याहरुलाई हटाउनुका साथै कपाललाई मुलायम, चम्किलो र सिल्कि समेत बनाउँछ ।

    मेथी दानाको झोल :

    मेथीको दानामा कपाललाई राम्रो गर्ने बिशेष क्षमता रहेको हुन्छ । दुई तिन चम्चा मेथीलाई रात भर कुनै भाडामा भिजाएर राख्ने । बिहान उक्त मेथीलाई छानेर त्यसमा रहेको झोल पानीलाई झिक्ने । उक्त झोलले टाउकोको छालालाई छुने गरेर सबैतिर लगाउने । उक्त झोल लगाएपछि २ देखि ३ घन्टा राख्ने र सामान्य पानीले पखाल्ने । मेथीको दानाको झोलले झर्न लागेको कपाललाई झर्नवाट रोक्नुका साथै टाउकोमा रहेको चायाँको समस्यालाई हटाउँछ ।

    दहि :

    दहि खाना शरीरलाई जति पौष्टिक पदार्थ प्राप्त हुन्छ । त्यतिनै फाइदा दहिले कपाललाई पनि गर्ने गर्छ । दहिलाई कपालको उत्कृष्ठ कण्डिसनरको रुपमा पनि लिइन्छ । यसका लागि एक कचौरा दहिलाई राम्ररी फिट्नु पर्छ । यसरी फिटेको दहिलाई कपाल र टाउकोको छालामा पर्ने गरेर राम्ररी लगाउनु पर्छ । यसरी लगाएपछि करिव १० मिनेट राख्नु पर्छ र सामान्य सफा पानीले कपाललाई धुनु पर्छ । यस्तो कार्यले कपाललाई सफ्ट बनाउनुका साथै चम्किलो समेत बनाउँछ ।

    नरिवलको दूध :

    नरिवलको दूध पनि झर्ने कपालका लागि उपयोगि औषधि मानिन्छ । नरिवलको दूधलाई नियमित रुपमा कपालमा लगाउनाले यसले झर्न लागेको कपाललाई झर्नवाट रोक्नुका साथै नयाँ कपाल आउन पनि मद्धत गर्छ । यदी कपालमा कुनै किसिमको समस्या छैन र तपाईले नरिवलको दूध लगाउनु भयो भने कपाललाई अझ बाक्लो र चम्किलो बनाउँछ ।


    क्याटेगोरी : समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार