• जीवनशैली | Jiwanshaili
  • के गर्भनिरोधक चक्कीले वजन बढ्छ ?


    विवाहपछि अनिच्छित गर्भबाट बच्नका लागि आजभोली महिलाहरुले बर्थ कन्ट्रोल पिल्स लिने गर्छन्। तर, गर्भनिरोधक चक्कीलाई लिएर महिलाहरुको मनमा धेरै प्रश्न पनि उब्जने गर्छ। जस्तै, यसको सेवनले मोटोपना बढ्छ कि घट्छ ?, पिल्स लिएपछि गर्भवती नहुने सम्भावा कति ?, यसपछि आमा बन्दा कुनै समस्या त हुँदैन ?, यहाँ हामी तपाईलाई गर्भनिरोधक चक्कीसँग सम्बन्धित केही प्रश्नहरुको बारेमा बताइरहेका छौं। जसलाई हरेक महिलाले जान्नै पर्ने हुन्छ।

    के गर्भनिरोधक चक्कीले मोटोपना निम्त्याउँछ ?

    अध्ययनलाई हेर्ने हो भने गर्भनिरोधक चक्कीको सेवनले तौल बढाउँदैन। खासमा धेरै युवतीहरुले विवाहपछि २३/२४ को उमेरमै पिल्स लिन सुरु गर्छन्। र, यो उमेरमा यसैपनि तौल बढ्ने हुनाले आफूलाई तौल बडेको महशुस हुन्छ। तर, यसको कारण फ्लूइड रिटेन्शन पनि हुन सक्छ, जसको असर केही समयका लागि मात्र हुन्छ। तापनि पिल्स चक्की सेवनका क्रममा स्तनमा भारीपना, चक्कर लाग्नु, शरीरलाई असहज महशुस हुनु, टाउको दुख्नु आदी भने हुन सक्छ।

    के गर्भनिरोधकले महिनावारीमा अनियमितता ल्याउँछ ?

    गर्भनिरोधक पिल्सको सेवनले कहिलेकाहीं महिनावारी अनियमित हुन सक्छ। तर यसबाट डराएर पिल्सको प्रयोगलाई रोक्न जरुरी छैन। यो ३ महीनापछि आफैं ठीक हुन्छ अर्थात् महिनावारी नियमित हुन थाल्छ।

    पिल्स लिँदा पछि गर्भपती त रोकिँदैन ?

    विश्वभरका महिलाहरुले अनिच्छित गर्भ हुनबाट बच्नका लागि कन्ट्रासेप्टिव पिल्स लिने गर्छन्। यसले भविष्यमा कुनै पनि समस्या र बाँझोपन हुँदैन। पिल्सको सेवनलाई रोकेपछि गर्भ रहन्छ। तरपनि यसबारे तपाईले आफ्नो स्त्रीरोग विशेषज्ञसँग सल्लाह गर्नु पर्छ।

    के पिल्स लिएपछि पनि गर्भ रहन सक्छ ?

    यदि पिल्स सही समय र सही तरिकाले लिइयो भने ९९ प्रतिशत काम गर्छ। चिकित्सकका अनुसार एक दिन पनि नबिर्सेर समयमा चक्की खाइयो भने १ सयमध्ये १ जना महिला मात्र गर्भवती हुने सम्भावना रहन्छ।

    यदि चक्की खान बिर्सिएमा के गर्ने ?

    गर्भनिरोधक पिल्सको असर २४ घन्टासम्म रहन्छ तर यदि तपाईले कुनै कारणले चक्की खान बिर्सनु भयो भने यसले गर्भ रहने सम्भावना धेरै हुन्छ। त्यसैले पिल्स चक्कीको सेवनमा कुनै लापरबाही नगरि १/२ घन्टाभित्र लिइसक्नु पर्छ। तपाईले जति सक्दो चाडो चक्की लिनुहुन्छ त्यति नै गर्भ रहने सम्भावना कम हुन्छ।

    यो कुरा बुझ्न जरुरी छ कि पिल्स चक्कीको सेवन गर्दा चिकित्सकको सल्लह बमोजिम लिनुपर्छ। किनभने यो चक्की धेरै प्रकारका हुन्छन् र महिलाहरुको शरीर पनि फरक फरक हुनेहुँदा चक्की पनि त्यही अनुसार लिनुपर्छ। पिल्स लिनुभन्दा पहिले सल्लाह सुझाव लिन एकदमै आवश्यक हुन्छ।


    क्याटेगोरी : समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार