• जीवनशैली | Jiwanshaili
  • हग डेः खुशी मात्र होइन, राम्रो स्वास्थ्यका लागि पनि अंकमाल गर्न आवश्यक


    भ्यालेन्टाइन सप्ताह चलिरहेको छ, आज ‘हग दे’ को दिन हो। आफ्ना प्रिय व्यक्तिहरुलाई अंकमाल गर्दा उनीहरुसँगको सम्बन्ध त बलियो हुन्छ नै या स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक हुन्छ। अंकमालमा यस्तो जादु लुकेको हुन्छ, जसले तपाईंको स्वास्थ्य समस्याहरू धेरै टाढा राख्न मद्दत गर्दछ।

    अंकमाल गर्दा हुने फाइदाहरू:

    तनावबाट मुक्ति दिलाउँछ
    अंकमालले शरीरमा कोर्टिसोल हर्मोनको स्राव कम गरी तनावबाट हटाउँदछ। यसले मानसिक शान्ति पनि प्रदान गर्दछ। उदासीनतासँग सामना गर्न बल प्रदान पनि प्राप्ति हुन्छ। यस्तो अवस्थामा जब तपाईं तनावमा हुनुहुन्छ भने आफ्नो प्रिय व्यक्तिलाई आफूसँगै राख्नुहोस्।

    रक्तचाप नियन्त्रण
    तनावले बढ्दो मुटुको धड्कन र कहिलेकाँही रक्तचाप निम्त्याउँछ। यस्तो अवस्थामा आफ्नो मन मिल्ने व्यक्तिलाई अंकमाल गर्नुहोस्। यसले मुटुको धड्कन सामान्य बनाउँछ र रक्तचाप पनि सामान्य हुनेछ।

    प्रतिरक्षा प्रणालीबलियो बनाउँछ
    जब तपाईं कसैलाई अंकमाल गर्नुहुन्छ, तपाईंको प्रतिरोधक क्षमता राम्रो हुन्छ। यसले तपाईंलाई धेरै रोगहरूसँग लड्न पनि मद्दत गर्दछ।

    मानसिक शान्ति प्राप्त हुन्छ
    जादूले भरिप्रूर्ण अंकमालले दिमागलाई केही खास संकेतहरु दिन्छ। जसले डोपामाइन हर्मोनको स्राव गराउँछ। यसले तपाईलाई मानसिक शान्ति मिल्छ।

    रक्त संचारमा तीव्रता
    एउटा अध्ययनका अनुसार पार्टनरलाई अंगालो हालेमा शरीरमा रक्त संचारको गति तीव्र हुन्छ। जसले अक्सिजनको प्रवाहलाई पनि ठीक राख्छ। यसले तपाईलाई मुटुको समस्याबाट बचाउँछ।

    राम्रो निन्द्राका लागि
    रातीमा आफ्नो मन मिल्ने मान्छेलाई अंकमाल गरि दिनभरको अवस्थाबारे बताउनुहोस्। यसतो तपाईको दिमागलाई आराम मिल्छ। यसपछि तपाईंलाई मिठो र गहिरो अनि शान्तिपूर्ण निद्रा पनि प्राप्त हुन्छ।

    त्यसोभए तपाईंले आफ्नो प्रिय व्यक्तिलाई अंकमाल गर्न हुनै अवसरको पर्खाइमा नबस्नुस्। आफ्ना विशेष व्यक्तिहरूलाई दैनिक रूपमा अंकमाल गर्नुहोस् र उनीहरूलाई स्वास्थ्यको उपहार दिनुहोस्।


    क्याटेगोरी : समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार