• जीवनशैली | Jiwanshaili
  • बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो


    बुधबारदेखि चिकित्सकले बिरामी जाँच गरेबापत लिने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले बिरामी जाँच गरेबापत लिन पाउने परार्मश शुल्क बढाएको जनाएका हुन्। विज्ञप्तिमा संघ र अफिनको मंगलबार बसेको संयुक्त बैठकल आजदेखि लागू हुनेगरी शुल्क बढाएको उल्लेख छ।

    वृद्धि गरिएको शुल्कमा पाँच वर्षसम्म अनुभव भएका एमबीबीएस/बीडीएस गरेका चिकित्सकले ३ सय ७० र पाँच वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले ४ सय ५० रुपैयाँ लिन सक्नेछन्। एमबीबीएस/बीडीएस पास गरेर डिप्लोमा तालिम लिएका ५ वर्षभन्दा कम अनुभव भएकाले चिकित्सकले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्न लिन पाउने छन्।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार