• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरसः दुईवटा मास्क लगाउनु ठिक कि बेठिक ?


    कोरोना भाइरसबाट जोगिन मानिसहरुले अनेकन उपायहरु अपनाइरहेका छन्। केही मानिसहरूले एउटा होइन, दुईवटा मास्क पनि लगाउँने गरेका छन्। यो तरिका ठिक हो कि बेठिक? भन्ने प्रश्न हरेक मानिसलाई लाग्ने गर्दछ।

    हाल संसारभर विभिन्न खालका मास्क पनि उपलब्ध भइसकेको छ। तर केही देशले मास्क लगाउने सम्बन्धमा आफ्ना सुझावहरु फेरेका छन्। यस्तै, अमेरिका र अन्य केही देशमा चिकित्सकहरू दुईवटा मास्क लगाउने सुझाव समेत दिइरहेका छन्। किन यसो गरे भन्दा घरमा बनाइएका मास्क सस्तो र सजिलो हुन्छ। कोरोना भाइरसको सुरुआती दिनमा मास्कको अभावका कारण घरमै मास्क बनाएर लगाउने सल्लाह दिइएको थियो। तर अहिले भने दुईवटा मास्क लगाउने सुझाव दिन थालिएको छ। साधारण मास्कसहित सर्जिकल मास्क लगाउँदा त्यसले भाइरस रोक्ने तहलाई थप्छ।

    अमेरिकामा स्वास फेर्न सजिलो भए दुईवटा मास्क लगाउन सुझाव दिइएको छ। अर्थात् जोखिम धेरै भए दुईटा मास्क लगाउने व्यवस्था हो। जस्तो तपाईको किनमेलमा लामो समय लाग्ने भएको छ। यदि तपाईको कुनै घरभित्र कार्यक्रममा जानुहुन्छ जहाँ धेरै मानिसहरु छन्, जो तपाईको घरका होइनन्। यस समयमा तपाईले पहिले सर्जिकल मास्क लगाउनुहोस् र त्यसमाथि घरमा बनेको मास्क लगाउनुहोस्। यसले तपाईको मास्कलाई सहि राख्छ र भाइरस छिर्ने सम्भावना पनि कम हुन्छ। यो धेरै नै सुरक्षित हुन्छ। तपाईले उच्च जोखिममा यस्तो गर्नु पर्छ। यसले सर्जिकल मास्कको छेउछाउबाट थोपाहरु भित्र छिर्ने दिँदैन।

    मास्कले मात्र महामारी अन्त्य हुँदैन। तर अध्ययनहरुले मास्क्ले फरक पार्ने देखाएका छन्। बीबीसीको सहयोगमा


    क्याटेगोरी : कोरोना अपडेट, समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार