• जीवनशैली | Jiwanshaili
  • वैज्ञानिकहरूले तयार पारे यूरिनरी ट्र्याक्ट एन्फेक्सनको खोप


    अमेरिकाको ड्यूक विश्वविद्यालयका वैज्ञानिकहरूले पिसाब एन्फेक्सन सम्बन्धि खोप, तयार पारेका छन् । उक्त खोप मुसामा परीक्षण गरिएको छ । ब्याक्टेरियाको कारणले हुने यो रोग दुनियाभरिका ५० प्रतिशत महिलाका जीवनमा एक न एक पटक हुने अध्यनले देखाएको छ ।

    ड्यूक विश्वविद्यालयका प्रो। सोमरन अब्राहम भन्छन,’हामीले तयार गरेको खोप जीवनमा एकपटक सबैले लागाउनु पर्छ। यसपछि, ब्याक्टेरिया शरीरबाट बाहिर निस्कन्छ र फेरि संक्रमण फैलाउँदैन।’ उनका अनुसार खोप लगाएपछि मूत्राशय ब्याक्टेरियालाई आक्रमण गर्न सधैं सक्रिय भइरहन्छ। मुसामा परिक्षण गरेर उक्त कुरा वैज्ञानिकहरुले प्रमाणित गरेका हुन् । मिर्गौला हुदै जुन बाटो बाट पिसाब निस्किन्छ त्यहाँ कुनै प्रकारका संक्रमण भएमा त्यसलाई यूरिनरी ट्र्याक्ट एन्फेक्सन भनिन्छ। केही अवस्थाहरूमा यो फंगस र भाइरस संक्रमणको कारणले पनि हुन सक्छ, तर त्यस्ता घटनाहरू विरलै हुन्छन्। अधिकतर यो ब्याक्टेरियाको कारणले हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । यसलाई छोटकरीमा यूटीआई पनि भनिन्छ ।

    यूरिनरी ट्र्याक्ट एन्फेक्सनका लक्ष्णहरुः
    १) बारम्बार पिसाब आउनु
    २) पिसाब गर्दा दुख्नु
    ३) पिसाबमा रगत देखिनु
    ४) पेटको तल्लो भाग दुख्नु
    ५) पिसाब गनाउनु
    ६) बारम्बार उल्टि हुनु वा जरो आउनु

    यूरिनरी ट्र्याक्ट एन्फेक्सनबाट बच्न यी तरीकाहरु अपनाउनुहोस्ः
    १) दैनिक ६ देखि ८ गिलास पानी पिउनुहोस्
    २) पिसाब रोकेर नराख्नुहोस्
    ३) धेरै मात्रामा एंटिवायोटिक्स नलिनुहोस्
    ४) चिल्लो पिरो खानेकुराबाट टाढा रहनुहोस्
    ५) खानामा भिटामिन सि सामेल गर्नुहोस्
    ६) दुख्ने वा पोल्ने भएमा डाक्टरसगँ सल्लाह लिनुहोस्
    ७) मध्यपानबाट टाढै रहनुहोस्


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार