• जीवनशैली | Jiwanshaili
  • बालबालिकामा अनावश्यक तौल हानिकारक


    कोरोना महामारीमा लगाइएको प्रतिबन्धका कारण धेरै अभिभावकहरू आफ्ना बच्चाहरूको बढ्दो तौलका बारे चिन्तित छन्। तर बच्चाहरूले डाइटिंग गर्नुपर्छ भन्ने होइन। जसको कारणले बच्चाहरुमा इटिंग डिसअर्डरको जोखिम बढ्दै गएको देखिन्छ। यदि बच्चाहरूको तौल बढिरहेको छ भने आमाबुबाले यी कुराहरुमा ध्यान दिनुपर्दछ। जब हामीले बच्चालाई केही खानबाट रोक्छौं, तब उसले झन् अधिक मात्रामा खान रुचाउने अनुसन्धानले देखाएको छ। बच्चाहरूलाई खाना खानबाट रोक लगाउनुको सट्टा उनीहरूको खाने बानीको समय तालिका बनाइदिनु उचित हुन्छ।

    यसरी रोक्नुहोस् बच्चाको अनावश्यक तौलः

    १. ३ देखि ५ वर्षका बच्चाहरुलाई सक्रिय राख्नुहोस्ः
    रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार ३ देखि ५ वर्ष उमेरका बच्चाहरू दिनभर सक्रिय रहनुपर्दछ। जबकि ६ देखि १७ वर्ष उमेरका बच्चाहरूले प्रत्येक दिन ६० मिनेट शारीरिक गतिविधि गर्नुपर्दछ। एरोबिक क्रियाकलाप बाहेक हड्डीहरूलाई सुदृढ पार्न दौड र मांसपेशी बलियो बनाउन शारीरिक गतिविधिहरू बच्चाहरूको तालिकामा समावेश गर्नुपर्दछ।

    २. १०० भन्दा कम क्यालोरी भएको खानेकुरा चयन गर्नुहोस्ः
    ६ र १२ वर्षबीचका बच्चाहरूलाई १६०० देखि २२०० क्यालोरी दैनिक आवश्यक पर्दछ। कोरोना महामारीको अवधिमा, घरमै बारम्बार खाने गरेकोले बच्चाहरूको क्यालोरी सेवन बृद्धि भएको छ। यस्तो अवस्थामा, जब बच्चाहरुले केही खान रुचाउँछन् उनीहरुलाई गाजर, स्याउ, केरा वा केही अंगूर दिन सकिन्छ। जसमा १०० भन्दा कम क्यालोरी हुन्छ।

    ३. खाना खाँदा टिभी हेर्दै खानाले बच्चाहरूले अत्यधिक खाने गर्छन्, यो बानी बदल्नुहोस्ः
    हार्वर्ड रिसर्चका अनुसार स्क्रीनको अगाडि दुई घण्टा भन्दा बढी समय खर्च गर्नु हानिकारक छ तर कोरोनाको समयमा अनलाइन कक्षाका कारण बच्चाहरूले स्क्रिनसगँ बढी समय बिताउने गरेका छन्। एउटा अनुसन्धानका अनुसार बच्चाहरू टिभी हेर्दा अत्यधिक खाइन्छन्। यसले मोटापा बढाउँदछ। यस खतराबाट बच्नका लागि दुई तरिकाहरू छन्। बच्चाहरूलाई खाजाको समयमा टिभी हेर्न अनुमति नदिनुहोस् र उनीहरूलाई सुत्नुभन्दा दुई घण्टा अघि ग्याजेटबाट टाढा राख्नुहोस्।

    ४. ६ देखि १२ वर्षका बच्चाहरूलाई ९ देखि १२ घण्टा सुत्न आवश्यकः
    सीडीसीका अनुसार ३ देखि ५ वर्षका बच्चाहरूलाई १० देखि १३ घण्टा निन्द्रा आवश्यक छ। ६ देखि १२ वर्षका बच्चाहरूलाई ९ देखि १२ घण्टा निन्द्रा आवश्यक छ। १३ देखि १८ वर्षका बच्चाहरूलाई ८ देखि १० घण्टा निन्द्रा आवश्यक छ। अपूर्ण निन्द्राले बढी खाने र शारीरिक रूपमा सक्रिय नहुन सहयोग गर्दछ।

    बीएमआईको साथ जाँच गर्नुहोस्, बच्चा कत्ति स्वस्थ छ ?
    बच्चा कत्तिको स्वस्थ छ भन्ने परिभाषा दुबै आमा बुबा र विशेषज्ञहरूको लागि फरक हुन्छ। आमाबाबुले यसलाई केवल शारीरिक रूपमा बच्चालाई हेरेर बुझ्दछन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा ऊ उचाई र तौलको हिसाबले कति फिट छ। यो जान्नु महत्त्वपूर्ण छ। यसको लागि, बीएमआई जाँच गर्नुहोस्। यसले बच्चा कत्तिको फिट भन्ने देखाउँछ।

    स्वास्थ्यको गणितः यसरी हेर्नुहोस्,
    १. १८-५ बीएमआई आए कम तौल
    २. १८-५-२५ बीएमआई आए उचित तौल
    ३. २५-३० बीएमआई आए मोटोपना
    ४. ३०-४० बीएमआई आए मोटोपनाबाट ग्रस्त
    ५. ४० देखि माथि बीएमआई आए डाक्टरसँग सल्लाह लिनुहोस्


    क्याटेगोरी : समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार