तपाईको बच्चा किशोरावस्थामा प्रवेश गर्दै छ ? सचेत हुनुहोस्
लागूपदार्थको लत, एक शब्दले हरेक किशोरावस्थामा पुगेका बालबालिकाका बाबुआमा चिन्तित हुन्छन्। उनीहरु चिन्तित हुनुकाे कारण उनीहरुको बच्चा कुनै पनि बेला दुर्व्यसनको शिकार बन्ने सम्भावना। ९ या १० कक्षामा आइपुग्दासम्म बच्चाहरू धुम्रपान र लागूऔषधको दुर्व्यसनीमा सजिलै फस्ने गरेका देखिन्छन्। थोरै समझदारी र बच्चाहरूलाई मार्गदर्शन गर्ने सही तरिका कारण तिनीहरूलाई कुनै पनि प्रकारको लतबाट टाढा राख्न सकिन्छ। हामी तपाईलाई तपाईको बच्चालाई दुर्व्यसनको अन्धकारबाट कसरी टाढा राख्ने भन्ने बारे केही महत्वपूर्ण जानकारी दिनेछौं।
यी चीजहरूलाई दिमागमा राख्नुहोस् :
यदि तपाईं बच्चाको बानी व्यवहारमा परिवर्तन देख्नुहुन्छ भने सावधानः
जब तपाईंको बच्चा नशालु अथवा मादक पदार्थको लतमा फसेको हुन्छ, उनीहरुको बानीमा यी परिवर्तनहरु महसुस गर्न सक्नुहुन्छ। जस्तै, चिड़चिड़ापन हुनु, रिसाइरहनु, मुड अफ, भय, स्मरण शक्ति गुमाउने, निन्द्रा नलाग्नु, टाउको दुख्नीरहनु। यदि बच्चामा यस्ता परिवर्तनहरू देखिएमा तत्काल सतर्क हुनुहोस्।
बच्चाको साथीसंगतमा ध्यान दिनुहोस्ः
बच्चाको साथीसंगत कस्तो छ भनेर तपाईंलाई थाहा हुनुपर्दछ। ऊ कोसँग धेरै समय बिताइरहेको छ ? र ऊ कहाँ पढ्न गइरहेकाे छ ? भन्ने बारेमा पनि सचेत हुनु जरूरी छ।
कतै तपाईं आफै त हुनुहुन्न उसको खराब बानीको कारणः
कतै तपाईं कुनै पनि प्रकारको लतमा त हुनुहुन्न र बच्चाले तपाईंबाट यो सबै सिक्दै त छैन ? बच्चाहरूको अगाडि कुनै प्रकारको नशा लिने काम नगर्नुहोस्। न त उनीहरूले कुनै पनि प्रकारको लागूपदार्थको लागि सोध्नु होस्।
कुलतका साइड इफेक्टहरू वर्णन गर्नुहोस्ः
धेरै अभिभावकहरूले बच्चाहरूसँग कुलतको बारेमा कुरा गर्दैनन् किनभने उनीहरूलाई लाग्छ कि बच्चा कहिले पनि यसको चक्रव्यूहमा पर्न सक्दैनन्। यो सोच गलत हो। बच्चालाई गलत बानी र नशाको साइड इफेक्टको बारेमा खुलेर सबै कुरा बताउनु पर्छ।
परामर्शदाताको सहयोग लिनुहोस्ः
यदि बच्चा कुनै पनि प्रकारको नशाको प्रभावमा परेको छ भने सकेसम्म चाँडो डाक्टर तथा सल्लाहकारको सहायता लिनुहोस्। बच्चाको सत्य लुकाउने कोसिस नगर्नुहोस्।
बच्चाको खल्ती चेक गर्नुहोस्ः
बच्चाले कहाँ र कसरी आफ्नो पकेटमनी अर्थात् पैसा खर्च गरिरहेको छ। त्यसबारे ध्यान दिनुहोस्। यदि सम्भव छ भने उसको नेट सर्फिंग पनि जाँच गर्नुहोस्।
क्याटेगोरी : समाज, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस