अनौठो रोगले चार दिदीबहिनी बिरामी
अनौठो रोगका कारण एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुर, इलामका दिदीबहिनी बिरामी परेका हुन् ।
होमबहादुर निरौला र उमा निरौलाका ६ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् ।
नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छन् । ‘उपचारका लागि इलाम अस्पताल, झापाहुँदै काठमाडौँसम्म लगियो बिराम केही पत्ता लागेन’, आमा उमाले गहभरी आँशु पार्दै भनिन्, ‘बुढेसकालका साहारा छोरी नै यसरी बिरामी भएपछि कसरी बाँचु ।’
घरमा रोगले छोरीलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारमा लगे । उपचार गराउँदासमेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदै छन् । सबै एकैपटक बिरामी हुँदा थाम्नसमेत मुस्किल पर्छ । यथार्थमा के हो भन्ने कुरा पत्ता नलाग्दा समस्या जटिल बनेको वडाध्यक्ष टेकवीर नेम्वाङ बताउछन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस