• जीवनशैली | Jiwanshaili
  • काठमाडाैँको फोहोरमा किन सँधै राजनीति ?


    एक साता देखि काठमाडौँको फोहोर नउठ्दा राजधानी दुर्गन्धित बनेको छ । महानगरले फोहोर नउठाएपछि उपत्यका बासीले सडकमै फालेको फोहरका कारण सडक दुर्गन्धित बनेको हो । महानगरपालिका र सिसडोलका बासिन्दाबिचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भए सँगै फोहोरको कारण थप महामारी फैलन सक्ने चिन्ता गरिएको छ । महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिस डोलमा फोहोर फाल्न अवरोध पुर्याएपछि राजधानीका सडकमै फोहर थुप्रिन थालेको हो । काठमाडौँको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोट, ओखरपौवा, सिसडोलका बासिन्दाले अवरोध पुर्याएपछि एक सातादेखि फोहोर उठेको छैन । राजधानीका सडकमा अहिले फोहोर थुप्रिन थालेको छ ।
    विगतमा भएको सहमतिबमोजिम महानगरपालिकाले ल्यान्ड फिल्ड साइट क्षेत्रका बासिन्दाका लागि गर्नुपर्ने काम नभएको भन्दै स्थानीय बासिन्दाले चैत १३ गतेदेखि फोहोर लैजान अवरोध गरिरहेका छन् । एकतिर वातावरण प्रदूषणले गम्भीर अवस्थामा पुराएको समयमा सहज फोहोर व्यवस्थापन नहुँदा उपत्यकावासीको स्वास्थ्यमा थप खतरा पुगेको चिकित्सकहरू बताउँछन् ।
    काठमाडौँ महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमुख सरिता राईले फोहोरको समस्या समाधानका लागि प्रभावित स्थानीयवासी सँग वार्ता जारी रहेको जानकारी दिँदै शुक्रवार हुने वार्ताले सकारात्मक नतिजा आउने आशा व्यक्त गरिन् ।
    गत साता वायु प्रदूषण सूचकांक ४ सयमाथि उक्लेको थियाे । सरकारले जनस्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय समेत गरेकाे छ । यसमाथि पनि फाेहाेर व्यवस्थापनमा समस्या भएपछि यसवाट निस्कने दुर्गन्धकाे कारण थप खतरा निम्तिने पक्का छ । यस्तै पटक पटक भइरहने फाेहाेरमाथिकाे राजनीतिले उपत्यकाबासीले पटक पटक समस्या भाेग्नु परेकाे छ ।
    जनस्वास्थ्य जस्ताे गम्भिर कुरामा भइरहने यस्ताे राजनीति काठमाण्डाै बासीले कहिले सम्म झेल्नुपर्ने हाे ?


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार