• जीवनशैली | Jiwanshaili
  • एकल अभिभावकः कसरी हुर्काउने बालबालिका ?


    पछिल्लो समयमा एकल अभिभावक सामान्य छ। आज यहाँ धेरै एक्लो आमा वा बुबाहरू छन् जसले आफ्नै बलमा बच्चा हुर्काएकाइरहेका छन्। यस प्रकारको प्यारेन्टिंग प्रायः ती व्यक्तिहरूसँग सम्बन्धित छन् जो सम्बन्धविच्छेद गरेर एकल जीवन बिताइरहेका हुन्छन्। यति मात्र नभइ केही त्यस्ता पनि अभिभावक छन् जसले विवाह नगरी अविवाहित अभिभावक बन्ने निर्णय गरेका हुन्छन्।

    एकल आमा वा एक्लो बुबाका लागि सबैभन्दा ठूलो चुनौती भनेको आफ्नो बच्चालाई राम्रो हेरविचार गर्नु हो। थोरै समझ र जागरूकतासंग तपाईं पनि एक आदर्श एकल अभिभावक बन्न सक्नुहुन्छ।

    एकल अभिभावक हुँदा बालबालिकाहरुको पालनपोषणमा दिनुहोस् ध्यान :

    -तपाईं बच्चाको लागि आमा र बुबा दुबै हुनुहुन्छ। त्यसकारण तपाईले बालबालिकालाई माया र हेरचाह गर्नु पर्दछ। यो महत्त्वपूर्ण छ कि तपाई आफ्नो बच्चाहरुसंग धेरै भन्दा धेरै समय बिताउनुहोस्। उनीहरूको स्कूल, साथीहरू र अन्य गतिविधिहरूको बारेमा जानकारी पनि राख्नुहोस्।

    -तपाई सिंगल अभिभवक किन हुनुहुन्छ भन्ने कुरा आफ्नो बच्चालाई कहिल्यै झूट नबोल्नुहोस्। खुला मनले उसलाई सबै सत्य बताउनुहोस्। यसरी सत्य कुरा बताउँदा बच्चा भावनात्मक रूपमा तपाईसँग जोडिन्छ।

    -बच्चालाई खुशी पार्न मात्र कुनै कारण बिनै बहुमूल्य उपहार र खेलौना नदिनुहोस्। यसले उसलाई बिगार्न सक्छ। उसलाई साँचो प्रेम र हेरचाह गर्नुहोस्।

    -बच्चालाई भन्नुहोस् संसारमा धेरै बच्चाहरू छन् जसको साथमा आमा बुबाको छाया छैन। उनीहरु धेरै दुःख गरेर जीवनयापन गरिरहेका हुन्छन्। यो पनि बच्चालाई भन्नुहोस् कि उ अहिले कति भाग्यमानी छ, यस्तो राम्रो जीवन पाएकोमा। यसका लागि सँधै कृतज्ञता व्यक्त गर्नुहोस्।

    -सोशल मिडियामा तपाईले धेरै एक्लो बुबा र आमाहरू भेट्टाउनुहुनेछ। यदि तपाईं चाहनुहुन्छ भने तिनीहरूसँग एउटा समूह बनाउनुहोस्। ताकि जब तपाई एक अर्कालाई आवश्यक परेको बेला मद्दत गर्न सक्नुहुन्छ। यसले बच्चाहरूलाई भावनात्मक रूपमा अन्य बच्चाहरूसँग राम्रो सम्बन्ध विकास गर्न सक्षम बनाउँदछ।

    -पार्टनरको अभावको कारण तपाईंले भावनात्मक रुपमा बच्चासँग कहिले पनि निर्भर हुनुहुँदैन। उनी जतिसुकै समझदार भए पनि, उनी बच्चा नै हुन्। कहिले रिस वा क्रोधित नहुनुहोस्। समस्याको समयमा धैर्य राख्नुहोस्।


    क्याटेगोरी : समाज, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार